टुर दी पोखरामा उल्लेखनिय साईकल यात्रीको सहभागिता

पोखरा न्युज ।

साइकल प्रयोग गर्न कानुन मन्त्री थापाको सुझाव,  साइकल व्यवसायि चालिसे सम्मानित

पोखरामा शनिबार सम्पन्न भएको टुर दी पोखराको तेश्रो संस्करणमा सहभागि साईकल यात्रीहरुको उल्लेखनिय रुपमा सहभागिता भएको छ । साइकल सिटी पोखराको आयोजनामा पोखरा रंगशालाबाट सुरु भएको उक्त साईकल रयालीमा उल्लेखनिय रुपमा सहभागिता रहेको आयोजकले जनाएको छ ।

स्वास्थ्य र वातावरण तथा पर्यटनका लागि साइकल भन्ने मूल नाराका साथ टुर दी पोखराको तेश्रो संस्करणमा वालवालिका देखि युवा हुदै बृद्धहरु गरी करिब ८ सय जनाको सहभागिता रहेको साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले बताए । टुर दी पोखरामा सहभागिहरुले आफ्नो स्वास्थ्यको लागि साईकल भन्दै साईकलको प्रयोगले वातावरणमा समेत सकरात्मक प्रभाव पार्ने भन्दै साईकल रयालीमा सहभागि भएको उनले जनाए ।

साइकल रयाली २६ दशमलव ५ किलोमिटरको दुरी निर्धारण गरिएको थियो । उक्त साइकल रयालीमा करिब ८ सय जना सहभागी भएको साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले बताए । कार्यक्रममा स्वदेश तथा विदेशबाट समेत सहभागि भएकोमा कार्यक्रम संयोजक ईश्वर कर्माचार्यले सबैलाई धन्यवाद दिएका छन। जीवन र वातावरण स्वस्थ बनेपछि राष्ट्र स्वाथ्य बन्छ र विकास हुन्छ भन्ने सोंचका साथ साइकल सिटी पोखराले २०७२ सालदेखि टुर दी पोखरा अभियान सुरु गरेको हो । पोखरा, पोखरा क्षेत्रका सहित काठमाण्डौं, कैलाली, धरान लगायतका क्षेत्रबाट साइकल यात्री सहभागी भएका हुन । साइकल ¥याली पोखरा रंगशालाबाट सुरु भइ बुद्धचोक, रामबजार, अमरसिंहचोक, हस्पिटलचोक, महेन्द्रपुल, पालिखेचोक, नदिपुर, बगर, क्याम्पसगेट, केआइसिंह पुल, बाटुलेचौरबाट लामाचौर, दीप, ट्याक्सीचोक, मोहोरिया टोल, नालामुख, सिद्धार्थचोक, बिपीचोक, न्युरोड, सभागृहचोक, सृजनाचोक, जिरोकिमी, हल्नचोक, लेकसाइड, राष्ट्रबैक चोक, ड्यामसाइड, मुस्ताङचोक, नागढुंगा, पृथ्वीचोकहुँदै पुन पोखरा रंगशालामा पुगेर समापन भएको हो । अघिल्लो वर्ष पोखरा फेवातालदेखि बेगनास तालसम्म साइकल रयालीको आयोजना गरिएको थियो ।

पोखरा रंगशालाबाट विहान सुरु भएको उक्त टुर दी पोखराको औपचारिक रुपमा कानुन मन्त्री यज्ञ बहादुर थापाले उद्घाटन गर्दै साईकल प्रयोग गर्नु स्वास्थ्य र आर्थिक तथा वातावरणका दृष्टिले फाईदा हुने बताए । उनले भने “काठमाण्डौं तीन कुरा ध्वनी, धुलो र धुवाले आक्रान्त छ, भोलिको पोखरा काठमाण्डौं जस्तो बन्न नदिनको लागि हामीले साईकलको प्रयोगलाई जति सक्दो बढाउनुपर्छ । ” मन्त्री भए पछि पोखरामा हुने साना तिना कार्यक्रममा हिड्ने गरेको आरोप आएका बेला टुर दी पोखरा जस्तो कार्यक्रम निकै महत्वपुर्ण भएको उनको बुझाई थियो । पोखरालाई साईकलमय बनाउन सुझाव दिदै उनले भने “मेरो ईच्छा सिंहदरवार र संसद भवनमा जादा समेत साईकलको प्रयोग हुन सके कस्तो होला , तर मैले अब छिट्टै साईकल चढ्ने अठोट गरेको छु । ” टुर दी पोखरा अभियानलाई अब राष्ट्रिय रुपमै लैजाने गरी बृहत कार्यक्रम हुनु पर्नेमा उनको थप जोड थियो ।

पोखरामा साईकलको व्यवसायिक प्रवद्र्धन गर्न महत्वपुर्ण भुमिका खेलेका ६७ बर्षीय शिव शिवप्रसाद चालिसलाई कार्यक्रममा सम्मान गरिएको छ । टुर दी पोखराको उद्घाटन सत्रमा कानुन मन्त्री यज्ञ बहादुर थापा, साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्य लगायतले चालिसेलाई सम्मान पत्रको साथमा दोसल्ला र फुल–मालाले सम्मान गरेका हुन ।

२०१७ साल देखि पोखरामा साइकलको व्यावसायिक यात्रा सुरु गरेका चालिसेले रामबजार, पृथ्बीचोक हुदै हाल आफ्नै भवन पोखराको सृजनाचोकमा चालिसे साइकल एण्ड सन्स् संचालनमा ल्याएका छन । पछिल्लो क्रममा साईकलको क्रेज बढेसंगै शिवले आफ्नो व्यावसायिक यात्रा पुस्ता हस्तान्तरण समेत गर्दै छोरा असोक चालिसेले उक्त व्यवसायलाई हाल संचालनमा ल्याएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button