नेपालमा पर्यटन प्रचार गर्दै चीन

पोखरा न्युज ।

छिमेकी राष्ट्र चीनले नेपालमा आफ्नो पर्यटन प्रचारप्रसार कार्यक्रमअन्तर्गत यहाँ बुधबार पाण्डा पेन्टिङ कार्यक्रमको आयोजना ग¥यो ।

चीन राष्ट्रिय पर्यटन प्रशासन र सिचुवान प्रान्त पर्यटन विकास समितिको आयोजनामा ‘पाण्डा सुन्दर, चीन अझ धेरै सुन्दर’ भन्ने नारासहित यहाँ पाण्डा पेन्टिङ कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा विभिन्न विद्यालयका करिब ४० विद्यार्थीले पाण्डाको आकृतिमा रङ भर्ने काम गरेका थिए । आयोजकका अनुसार चीनले हरेक वर्ष विभिन्न देशमा पर्यटन प्रचारका लागि विविध कार्यक्रम आयोजना गर्ने गरेको छ । सोहीअनुसार यो वर्ष नेपालमा समेत पर्यटन प्रचारको कार्यक्रम आयोजना गरेको हो ।

बुधबार ललितपुरको पाटन दरबार क्षेत्रमा र बिहीबार लुम्बिनीमा कार्यक्रमको आयोजना गरिने आयोजकले बताएको छ । सिचुवान प्रान्त पाण्डाका लागि विश्वप्रसिद्ध छ । पाण्डाको मुख्य आहारा बाँस भए पनि यसले अन्य घाँसपात, जंगली कन्दमूल तथा स–साना जन्तु तथा पक्षीको मासु पनि खाने गर्छ ।

यस्तै मिठो खाना र अझ विशेषगरी खुर्सानीसहितको खानाका लागि यो प्रान्त प्रसिद्ध रहेको छ । चीनको दक्षिणी पश्चिमी भू–भागमा रहेको सुन्दर सिचुवान प्रान्तमा वर्षेनी ३० लाख विदेशी पर्यटक पुग्ने गरेका छन् ।

विश्वका पाण्डामध्ये ८० प्रतिशत पाण्डा चीनमा पाइने तथा सिचुवान प्रान्त उनीहरुको मुख्य बासस्थान भएकाले त्यसलाई आधार मान्दै सिचुवानको पर्यटन प्रचार गरिएको आयोजकको भनाइ छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button