सराङकोटमा सुविधायुक्त पर्यटन पार्क तथा बाल उद्यान निर्माण गरिने

पोखरा न्युज –

निर्वाचन सम्पन्न भएसंगै विभिन्न ठाउका जनप्रतिनिधिहरु आफ्नै सेवा र सुविधाका कुरामा केन्द्रित रहेका समाचारहरु धेरै सुन्न पाइएकै छतर पोखरा लेखनाथ महानगरपालिका वडा न १८ का जनप्रतिनिधिहरु भने सार्वजनिक जग्गा सम्रक्षणको लागि अगाडी बढ्ने निर्णय गरेका छन् ।

वडा अध्यक्ष्य रणबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पर्यटकीय महत्वको स्थल सराङकोटमा रहेको ६४ रोपनी सार्वजनिक जग्गाको सदुप्रयोग गर्दै अत्याधुनिक सुविधा सहितको पर्यटन पार्क तथा बाल उद्यान निर्माण गर्ने निर्णय गरेको छ ।यस निर्णयलाइ महानगरपालिका बोर्डले अनुमोदन गर्ने कुराको पर्खाइमा रहेको वडा सचिव रुद्र बस्ताकोटीले बताउनु भयो ।

सराङकोट पोखरा लेखनाथ महानगरपालिकाको वडाहरु मध्ये पर्यटकीय द्रृस्टिकोणले अध्याधिक महत्वको स्थान रहेको र यसको बिकास र प्रबद्धनको लागि पर्यटन पार्क तथा बाल उद्यान निर्माण गरि सराङकोटमा आन्तरिक तथा बाह्रय पर्यटकको संख्या बृद्धी गरि सराङकोटलाइ सम्ब्रिद्धबनाउने यो कोशे ढुंगा साबित गराउने उद्देश्यले निर्णय गरिएको र चाडै महानगरपालिका संग समन्वय गरि काम अगाडी बढाउने बिस्वास वडा अध्यक्ष्य थापाले बताउनु भयो । महानगरपालिका सगको सहकार्यमा स्थानियको पहलमा पार्क निर्माण गरिने कुराले स्थानियबासिहरु समेत हर्षित देखिएका छन । बालमैत्रि वडा निर्माण गर्दै अगाडि बड्नको लागि वडा कार्यालयको यो निर्णय निर्णायक बन्ने आशा गरिएको र पार्कलाइ प्रदेश न ४ कै नमुना पर्यटन पार्कको रुपमा बिकास गर्न सकिने युवा नेता लक्ष्मण तिमिल्सिनाले बताए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button