पश्चिमाञ्चलको पर्यटकीय सम्भावनाको खोजी

पोखरा-

पश्चिमाञ्चलको पर्यटकीय सम्भावना खोजीपर्यटनमा स्थानीय उत्पादनको प्रयोग गरौँ ः मन्त्री शाही ९ तस्वीर पनि छन् है ०पोखरा, २२ मंसिर ।पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुरशाहीले पर्यटनको नाउँमा स्थानीय उत्पादनहरुको सट्टा आयातित बस्तुहरु उपयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभएको छ ।उहाँले आफ्ना उत्पादनहरुलाई व्यवसायिकरण गर्दै सरसफाईमा ध्यान दिने गरीपर्यटन उद्योगको विकास गर्ने आफ्नो लक्ष्य भएको प्रष्ट पार्नुभएको छ ।

‘पर्यटनको नाउँमा काउनो, मकै, चिनु र कोदो पाइने ठाउँमा चाउचाउ नपु¥याऊँ’,उहाँले भन्नुभयो,‘पर्यटन उद्योगबाट स्थानीयले लाभ लिनसक्ने गरी त्यहीँका
उत्पादनहरुको व्यवसायिकरणमा जोड दिऊँ ।’ उहाँले अन्यत्रको सामान ल्याएर यहाँकोपर्यटनकबाट लाभ लिन नसक्ने ठोकुवा गर्नुभयो ।मन्त्री शाही पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको आयोजना, पोखराउद्योग वाणिज्य संघका समन्वय एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा बुधबार पोखरामा आयोजित पश्चिमाञ्चल क्षेत्रका पर्यटकीय सम्भावना तथा अभिमुखीकरणकार्यक्रममा बोल्दै हुनुहुन्थ्यो ।उहाँले गाउँमा पाइने स्थानीय उत्पादन प्रयोग
गर्नेलाई पाखे भनेर हियाउने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा समेत जोड दिनुभयो। आफू देशको विकट हुम्ला जिल्लामा जन्मिएको र त्यहाँका स्थानीय उत्पादन प्रयोग

गर्नेहरुलाई आधुनिक भनाउँदाहरुले होच्याउने गरेको प्रसङ्ग सम्झँदै ठट्यौलोपारामा भन्नुभयो,‘त्यो बेला स्याउ र आलु खाने हामीहरुलाई भात खान नपाउने भनेरहोच्याइयो, तर खानु पर्ने त त्यही आलु र स्याउ पो रहेछ ।’ मित्रराष्ट्रइजरायलको उदाहरण दिँदै उहाँले आफ्नो गाउँमा भएको पानीको उपयोग नगर्ने तर त्यहाँको थोपा सिँचाई प्रणाली सिक्न खोज्नु गलत भएको जिकिर गर्नुभयो ।कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मन्त्री शाहीले आफ्नो मन्त्रालयले
धेरै विषयहरुमा ध्यान दिनु पर्ने भएकोले सोचेजस्तो काम गर्न नसकेको स्वीकार्नुभयो । उहाँले आफूले गलत निर्णय नगर्ने र सुधार गर्दै जाने पक्षमा रहेको पटकपटक दोहो¥याउनुभयो । देश राजनीतिज्ञ, कर्मचारीतन्त्र र पत्रकारले गर्दाबिग्रेको बताउँदै उहाँले आफ्नो पार्टी वा गुटको हित हेर्ने राजनीतिज्ञ, काम गर्न नदिने कर्मचारी र गलत सूचना सम्पेषण गर्ने पत्रकारहरुलाई देशको हितमा कामगर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराजमुल्मीले सरकार र निजी क्षेत्रबीचको विश्वासको खाडल पुर्नको लागि सरकारले उचित निर्णय गर्नुपर्नेमा जोड दिनुभयो । देशमा सोचेजस्तो प्रगति नभए पनि निजीक्षेत्र चुप लागेर नबस्ने बताउँदै उहाँले विश्वको २१ औँ पुरानो मुलूकको नागरिकभएकोमा नेपालीले गर्व गर्नुपर्ने बताउनुभयो । सो कार्यक्रममा बोल्दै पोखराउद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पर्यटनको स्पष्ट परिभाषागर्दै दीर्घकालीन सोचका साथ काम गर्ने बेला आएको बताउनुभयो । पोखरालाई आन्तरिक पर्यटनको गन्तव्य बनाउन तथा अन्तर्राष्ट्रिय रुपले प्रचार प्रसार गर्न भएगरेका गतिविधीबारे जानकारी दिँदै उहाँले नेपालको विकास पर्यटनबाट मात्र सम्भव भएकोले सरकार र निजी क्षेत्र दुबैको सहकार्य जरुरी रहेको उहाँको भनाई थियो ।

पश्चिमाञ्चल उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीको संचालन रहेको कार्यक्रमका अध्यक्ष पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका कार्यवाहकअध्यक्ष हरिओम शर्माले दीगो पर्यटन विकासको लागि सरकारले पर्यटकीय गन्तव्यहरुका उचित विकास तथा पर्यटन मैत्री वातावरण निर्माण गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको अवधारणामाथि प्रकाश पार्दै नेपाल पर्यटन वोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले नेपाल पर्यटकहरुको लागि आकर्षक गन्तव्य भए पनि प्रचारप्रसारको कमीले सोचेजस्तो पर्यटक आउन नसकेको स्वीकार्नु भयो । ठूलो जनसंख्या र अर्थतन्त्र भएको एसियालाई लक्षित गरी पर्यटन प्रवद्र्धनका गतिविधी अगाडि बढाउनु पर्नेमा जोड दिँदै उहाँले पर्यटन प्रवद्र्धनमा धेरै ठाउँमा चुके पनि नेपालले आशा गर्ने मुख्य क्षेत्र पर्यटन नै भएको उहाँले जिकिर गर्नुभयो ।

देशको राजनीति, सुरक्षा व्यवस्थादेखि सरसफाई र आतिथ्यतासम्मका सबै क्षेत्रसँग पर्यटनको गहिरो सम्बन्ध हुने भएकोले अस्थिरता पर्यटनको लागि बाधक भएको उहाँको तर्क थियो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक श्रीकान्त खतिवडाले नेपालको पर्यटन उद्योगलाई माथि उकास्न आफ्ना सम्पदानहरुको प्रवद्र्धन र संरक्षण, व्यापक प्रचार प्रसार तथा यसको ब्राण्डिङ आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदीले नेपालको पर्यटन सुधारको लागि विमानस्थलदेखि नै सुधार थाल्नु पर्ने बताउनुभयो । स्याङ्जाको स्वरेकमा रहेको प्याराग्लाइडिङ सिकाउने विद्यालय एउटा दुर्घटनाको निउँमा बन्द गरिँदा विभिन्न देशबाट प्याराग्लाइडिङ सिक्न आउनेहरु फिर्ता जानु परेको दुखेसो पनि उहाँले सुनाउनुभयो । कार्यक्रममा नाट्टा पश्चिमाञ्चलका अध्यक्ष दिल गौतम, प्याराग्लाइडिङ स्कूलका कृष्णजंग केसी, पर्वत उद्योग वाणिज्य संघका उपाध्यक्ष शिव शर्मा लगायतले पनि मन्तव्य राख्नु भएको थियो ।

२। पोउवा संघमा तामाङको मनोनयन ९ फोटो पनि छ ० पोखरा,२२ मंसिर , पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिले पूर्णता पाएको छ । संघको आइतबार बसेको कार्यसमिति बैठकको परामर्शमा अध्यक्ष विश्वशंकर पालिखेले सदस्य पदमा गौबहादुर तामाङ९ ज्याक तामाङ० लाई मनोनित गर्नु भएकोे हो । तामाङ पोखराका प्रसिद्ध पर्यटन व्यवसायी हुनुहुन्छ । संघको विधान २०६५ को परिच्छेद ६को ६।१।१ ले दिएको अधिकार प्रयोग गरी अध्यक्षबाट कार्य समिति सदस्यमा मनोनयन गरिएको पोउवा संघले जनाएको छ ।संघको विधान २०६५ ले कार्य समितिको परामर्शमा ४ जना सदस्य मनोनयन गर्न पाउने अधिकार प्रदान गरेको छ । अध्यक्ष पालिखेले यसअघि नै कार्यसमितिमा प्रकाशदेव पालिखे,चन्द्रकिशोर गौतम र हिरामणि पण्डितलाई मनोनित गरिसक्नु भएको थियो ।

३। राष्ट्रिय औद्योगिक व्यापार मेला आजबाट पोखरा,२२ मंसिर । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा आज ९ विहीबारबाट० बाट राष्ट्रिय औद्योगिक व्यापार मेलारु२०७३ सुरु हुँदैछ । पुस ४ गतेसम्म चल्ने मेलाको एक समारोहका बीच पर्यटन मन्त्री जीवनबहादुर शाहीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार महोत्सव उद्घाटनको लागि सम्पूर्ण तयारी सकिएको छ । लगानीको सम्वद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ आयोजना हुने मेलाले समग्र पश्चिमाञ्चलको औद्योगिक र पर्यटकीय सम्भावनाको खोजी गर्ने तथा स्थानीय उत्पादनहरुको बजारिकरणलाई सघाउने उहाँले दावी गर्नुभयो । संघका महासचिव दामु अधिकारीका अनुसार मेलाको समुद्घाटनभन्दा अगाडि संघको सचिवालयबाट झाँकीसहितको प्रभातफेरि कार्यक्रमको समेत आयोजना गरिनेछ । प्रभातफेरीमा विभिन्न आमा समूहहरु, टोल विकास संस्था, जातीय संघ÷संस्था र उद्योगी÷व्यवसायीको प्रतिनिधित्व रहने उहाँले जनाउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button