पोखरामा अहिलेसम्मकै सर्वाधिक राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

पोखरा न्युज ।

पोखरामा असोजको २३ गतेदेखि त्रि–शक्ति सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ। पोखरा सिम्पानीको त्रि–शक्ति समाज सेवा क्लबद्धारा बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबले पाँचौ संस्करणको सेभेन ए साइड फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ।

खेलकुद गतिविधि अन्तरगत सेभेन ए साइड फुटबल प्रतियोगितालाई क्लबले निरन्तरता दिन लागेको क्लबका अध्यक्ष बासु जि.सी.ले बताए। पोखराको बगरस्ति टुँडीखेल मैदानमा हुने प्रतियोगिता अहिलेसम्मकै सर्वाधिक राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता हुने अध्यक्ष जि.सी.ले दावी गरे। प्रतियोगिताको बिजेताले दुई लाख तथा उपविजेताले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने पत्रकार सम्मेलनमा बताइएको छ।  त्यसैगरी, अनुशासित टिम, सर्वोत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्ताका लागि नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कारको ब्यवस्था गरिएको खेलकुद संयोजक मिलन गुरुङले बताए।

प्रतियोगितामा करिव ३० टिमले सहभागिता जनाउने अनुमान छ। टिम दर्ताका लागि १० हजार रुपैयाँ लाग्ने बताइएको छ। प्रतियोगिताका लागि ९ लाख, ७० हजार आम्दानी गर्ने र ६ लाख ६५ हजार खर्च हुने बताइएको छ। बचत रकम क्लबको कार्यलय रहेको जीर्ण भवनको मर्मत संभारमा खर्च गर्ने क्लब अध्यक्ष जि.सी.ले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button