२० करोडको लगानीमा पोखरामा सुबिधा सम्पन्न “टुकी रिसोर्ट“ सञ्चालनमा

केशब पाठक,पोखरा-
पोखरा मा सुबिधा सम्पन्न “टुकी रिसोर्ट“ सञ्चालनमा आ्रएको छ । उक्त रिर्सोट पोखराका सफल युवा व्यवसायी किरणराज गौतमले सञ्चालनमा ल्याएका हुन । करीब २० करोडको लगानीमा सुरु भएको उक्त रिर्सोट अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न रहेको छ ।

करीब ९ बर्ष पाहिले प्याराग्लाइडिंग ब्यवसाय बाट आफ्नो पोखरामा आफ्नो ब्यवसायिक यात्रा सुरु गरेका गौतमले बिगत ७ बर्ष बाट होटल ताजको नाम वाट आफ्नो होटल व्यवसायिक यात्रा सुरु गरेका हुन । उनले होटल ताजलाई समेत उक्त रिर्सोटमा समावेस गरि नेपाली भाषाको मौलिक ‘टुकी’(गाँउ घरमा वत्ति बाल्ने सामाग्र्री) शव्दलाई टपक्क टिपेर रिर्सोटको नामाकरण गरेका हुन ।

पोखराको लामाचौरमा २०३८ सालमा जन्मिएका गौतम आफुनो कर्मलाई वढी महत्व दिने वताउँछन । ‘जिन्दगीमा धेरै देश भ्रमण गरें तर नेपाल त्यस्मा पनि पोखरा जस्तो संसारमा छैन’ उनले पोखरा स्वर्गको स्वरुप भएको बताए । आफ्नो ब्यवसायिक यात्रा को क्रम मा अमेरिका, क्यानाडा, जापान, आस्ट्रेलिया, थाईलैंड, कोरिया, मलेशिया लगाएत करीब एक दर्जन भन्दा बड़ी देशहरुको भ्रमण गरेका उनले ति देश हरुमा बटुलेको अनुभब लाई टुकीमा उतारेको बताए । उनी गौरवका साथ भन्छन ‘टुकी मौलिक नाम हो तर यसमा एक दर्जन भन्दा वढी देशको समिषर्ण छ ।’
टुकीमा करीब ५६ वटा अत्याधिक सुबिधा सम्पन्न कोठा सहित ३ वटा छुट्टा–छुटै सभाहल जसमा एकै पटक मा करीब ५ सय जना लाई सेवा दिन सक्ने क्षमता भएको गौतमले वताए । होटल परिसर भित्र सञ्चालनमा रहेको क्याफे पानसमा नेपाली, इन्डीयन, चाइनीज, कन्टीनेन्टल, थाई, इटालियन जस्ता खानाका परिकारहरु २४ सै घन्टा उपलब्ध हुने छ । रिर्सोटमा प्रसस्त पार्किंग सुबिधा सहित मनमोहक फूलका बँगैचा, पानीको फोहाराले रिसोर्टमा आउने जो कोहीलाई पनि मन्त्र मुग्ध पार्ने गौतमको दावी छ ।

उनले होटलमा यतिबेला करीब ५० जाना लाई रोजगारीको अवसर प्रदान गरेका छन । संचालन को पहिलो ३ महीना सम्म ग्राहकहरु लाई खाना तथा बस्न मा १० प्रतिशत छूटको ब्यवस्था गरिएको कुरा गौतमले जानकारी गराए । नेपालीका लागि सम्पुर्ण कर सहित ४ हजार ५ सय र बिदेशीका लागी ६ हजारमा कोठाहरु उपलव्ध गराइएको गौतमले वताउँदै उक्त रकममा बिहानको नास्ता, पोखरा एयरपोर्ट र बसपार्क बाट होटल सम्म आउने जाने सुविधा निशुल्क ब्यवश्था गरिएको उनको भनाइ छ । टुकी रिर्सोट नेपालको ख्याति प्राप्त डिजाईन सेल कम्पनीले आर्किटेक डिजाईन गरेको हो भने निर्माण सुरु गरेको करीब साढे तीन बर्ष पछि सञ्चालन आएको हो ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Uttamji le malai Bichara sabada paryog garnu bhayoko rahecha…..Uttamji malai ek para ma bekhya gardinus …Maile ta etihas samet rakheko chu ….Nepal ma Lions ko aapabhyakya vayo ki bhanera ho. Hamro kam samaj ko bikriti kelaune ho sudhar garnu sabai ko kartabya pani ho…!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button