आफूलाई बदनियतपूर्वक हराएको भन्दै एमालेका उम्मेदवारद्वारा मुद्दा दर्ता

पोखरा न्युज –

स्थानीय तहको निर्वाचनमा आफूलाई बदनियतपूर्वक हराइएको उल्लेख गर्दै ललितपुर महानगरपालिकामा एमालेबाट प्रमुखको उम्मेदवार बन्नुभएका हरिकृष्ण ब्यञ्जनकारले पाटन उच्च अदालतमा मुद्दा दर्ता गर्नुभएको छ ।

मतगणनाकै समयमा दिइएको पटकपटक निवेदनको सुनुवाइ नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेका विषयमा रुजुसम्म गर्न नदिएको आरोप लगाइको छ ।

आफ्ना गणना प्रतिनिधिलाई मुचुल्कामा हस्ताक्षरसमेत नगराई एकतर्फी एकलौटी रुपमा मतगणना गरेको आरोप लगाइएको छ भने महानगरको वडा नं १, २, ४, ९ र २६ को गणनामा विवाद भएको र आफ्नो सहमति बेगर आयोग कर्मचारीले पेलेर जाने नीति लिएर आफूलाई अन्यायमा पारेको मुद्दामा उल्लेख छ ।

मुद्दाको शुक्रबार पेसी तोकिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button