मादी जलबिद्युत आयोजनाको उद्घाटन शूक्रबार- परिक्षण कालको लागि १५ मेगावाट बिद्युत

डीएनबी,
पोखरा –
चाइना र नेपाली एक व्यवसायीको लगानीमा हालै निमार्ण भएको माथिल्लो मादी जल बिद्युत आयोजनाको सुक्रबार एक समारोहका बिच उद्घाटन हुने भएको छ ।

कास्कीको सिल्दजुरे गाविसमा हालै निमार्ण भएको आयोजनाको उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजनाका राजकुमार बरालले बताए । करीब ४ बर्ष अघि तात्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईबाट शिल्यान्यास गरी निर्माण कार्य सुरु भएको उक्त आयोजनाको शुक्रबार नेपाल बिद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको उपस्थितीमा औपचारीक रुपमा उद्घाटन हुने तयारी भएको बरालले जनाए ।

२५ मेगावाट बिद्युत उत्पादन गर्ने उक्त आयोजनाले हाल परिक्षण कालको लागि १५ मेगावाट बिद्युत उत्पादन गरेको आयोजनाका कार्यकारीणी अध्यक्ष बिजयवावु मल्लले बताए । २०६९ साल पुष १३ गते देखि उक्त आयोजनाको निमार्ण कार्य सुरु भएको थियो भने करीब ४ बर्षमा उक्त आयोजनाको निमार्ण कार्य सकिएको मल्लले बताए । चाइनाको सबै भन्दा ठूलो जलउत्पादन गर्ने थ्री गर्जेज कम्पनीको सप्सुडेरी कम्पनी चाईना ईन्टरनेश्नल वाटर एण्ड ईलेक्ट्रि कर्पोरेसन (Subsidiary Company China International Water & Electric Corporation) र बिजयवावु मल्लको संयुक्त लगानीमा उक्त आयोजना सम्पन्न भएको हो । यस आयोजनाका कार्यकारी निर्देशक एवम् स्वदेसी सञ्चालक बिजय मल्लको २० प्रतिशत र चिनीया बैदेशिक सि.डव्लु.ई. को ८० प्रतिशत संयुक्त लगानीमा उक्त आयोजनामा लगानी भएको हो ।

अध्यक्ष मल्लका अनुसार करीब ५ अर्व ५८ करोडको लागतमा निमार्ण गर्ने लक्ष्य राखिएको उक्त आयोजना निमार्णको क्रममा विभिन्न समस्याहरु आई पर्दा निमार्ण कार्य ढिलाई हुदै लगानी समेत बढेको छ । नेपाल सरकारले उक्त आयोजनालाई अनुमति दिन ढिलाई गरेको गत बर्षको विनाशकारी भूकम्प, भारती नाकावन्दी, बर्षादको बाढीले आयोजनामा प्रभाव पारेको लगायतका कारणले गर्दा करीब एक बर्ष ६ महिना बढी समय लाग्दा करीब एक अर्व ५० करोड बढी खर्च लागेको मल्लले जनाए । उक्त आयोजनाबाट उत्पादन भएको बिद्यूत लेखनाथको १३२ केभि स्टेशनको राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । यही पुष १ गते देखि परिक्षणको लागि राष्ट्रिय प्रशारण लाईनमा जोडिएको हो ।

कास्की जिल्लाको उत्तर पूर्वी क्षेत्र अन्नपूर्ण हिमश्रृङ्खलाको काखबाट बग्ने मादी नदीको खेर गएको पानीलाई उपयोग गर्दै नेपालको वर्तमान उर्जा सङ्कटलाई न्यूनिकरण गर्ने अभियानमा सानै भए पनि एउटा इट्टा थप्ने अध्यक्ष मल्ले विश्वास व्यक्त गरे । सिल्दुजुरे क्षेत्रमा उक्त आयोजना निमार्ण भएसंगै स्थानीयको विकास निर्माण, शिक्षा, खानेपानी, स्वास्थ्य, रोजगारी, सीपमूलक तालिमहरु, वातावरणसँग सम्बन्धित कार्यहरुमा समेत आयोजनाले आर्थिक सहयोग एवम् समन्वयकारीको भूमिका निर्वाह गर्दै आएको आयोजनाको दाबी छ । उक्त आयोजनाको पुरानो दरमा प्रति युनिट वर्षात्मा ४ र हिउँदमा ७ रहेको छ । विदेशी लगानीलाई प्रोत्साहन गर्नको लागि पनि पहिले गरिएको पुरानो दरको एएब् लाई संसोधन गरी हाल विद्यमान रहेको नयाँ दरको प्रति युनिट वर्षात्मा ४ रुपैया ८० पैसा र हिउँदमा ८ रुपैया ४० पैसा परिवर्तन गरी विदेशी लगानी सुरक्षित हुँने वातावरण सृजना गर्न आयोजनाले आग्रह गरेको हो। आयोजनामा ४.३ किलोमिटरको सुरुङ निमार्ण भएको छ। उक्त आयोजनाको ड्याम सिल्दुजुरे ४ र पावरहाउस भने सिल्दजुरे ९ मा रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button