पोखरामा अमेरिकी कलाकारको प्रस्तुती

पोखरा-
पर्यटकिय नगरी पोखरामा शनिबार अमेरिकी कलाकारहरुले प्रस्तुती गरेका छन। अमेरिका नेपाल बीच दौत्य सम्बन्ध स्थापना भएको ७० औं बर्षगाँठको अवसरमा शनिबार पोखरामा आयोजना भएको नेपाल सांस्कृतिक मेलाको अवसरमा अमेरिकी कलाकारहरुले प्रस्तुती राखेका हुन।
मेलामा अमेरिकी ग्र्यामी पुरस्कारका लागि मनोनित गायक कोकायी तथा हिपहप नर्तक जुनियस ब्रिक हाउस र लोप्रिय नेपाली गायक ईन्दिरा जोसी, सबिन राई, मेन्टल रेडियो, नेपाल हिपहप फाउण्डेसनले समेत प्रस्तुती गरेका हुन ।

अमेरिकी दुतावासले एनसेलसंग साझेदारीमा पोखरा प्रर्दशनी केन्द्रमा उक्त मेलाको आयोजना गरेको हो । प्रबेस निशुल्क रहेको कार्यक्रम शनिबार मध्यान्हः १२ बजे देखि वेलुका ६ बजेसम्म संचालन भएको थियो। मेलामा अमेरीकाका चर्चीत गायक तथा नेपाली चर्चीत गायकको ३ देखि ६ बजेसम्म हिपहप कार्यक्रममा प्रस्तुती भएको हो । वालवालिकाहरुको लागि लक्षित सुरुको तीन घण्टा कार्यक्रम संचालन भएको थियो ।
मेलामा प्रत्यक्ष ग्राफिटी (भित्तेलेखन) चित्रकला, साङ्गीतिक प्रस्तुति, ब्रेकडान्स, स्केटबोर्ड स्टन्ट तथा कविता वाचन प्रस्तुत भएको थियो ।

कार्यक्रममा निशुल्क एनसेलको सिमकार्ड समेत वितरण भएको थियो भने घुम्ती पुस्तकालय समेत मेलामा राखिएको थियो । नेपाली साङ्गीतिक समूह तथा कलाकारहरूको पनि सहभागिता रहेकोे मेलामा युवा तथा सामाजिक संस्थाहरूले जानकारी मुलक कार्यक्रम प्रस्तुत भएको थियो। मेलामा सुचना मुलक ५ सहित १३ वटा स्टलहरु रहेका थिए। अमेरिकी कला समुदायको उत्कृष्ट प्रस्तुतीलाई विश्वभर आदनप्रदान गर्ने मेलाको उद्धेश्य गरेको छ । अन्तर सांस्कृतिक समझदारी तथा सहकार्यलाई बढुवा दिनु र साझा मान्यता तथा आकांक्षहरुलाई दर्शाउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

एनसेलले हरेक बर्ष जसो विभिन्न ठाँउमा सांगीतिक कार्यक्रम गर्दै आएको अवसरमा यस पटक अमेरिकी दुतावसासंगको सहकार्यमा उक्त कार्यक्रममा सहयोग गरेको एनसेलका मिलन शर्माले बताए । यस अघि यस्तो कार्यक्रम काठमाण्डौंमा भई सकेको छ भने पोखरा पछि देशका अन्य दुई ठाँउमा हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button