पोखरामा आयोजित उत्प्रेरणा सांगीतिक मञ्चमा एक सय वालवालिका

पोखरा –
सोमबार पोखरामा आयोजना भएको उत्प्रेरणा सांगीतिक मञ्चमा एक सय वालवालिकाहरुले आ–आफ्नो प्रस्तुती राखेका छन ।

“संगीतको उत्थान हाम्रो दायित्व ” भन्ने मुल नाराका साथ पोखरा रानिपौवामा रहेको जोजिजू म्युजिक सेन्टर तथा म्यूजिक स्कुलले आयोजना गरेको उक्त कार्यक्रममा एक सय जना वालवालिकाहरुले विभिन्न प्रस्तुतीः राखेको सेन्टरका प्रवन्ध निर्देशक एवं गायक विनित जोजिजूले बताए ।

नयाँ शैक्षिक सत्र सुरु हुनु पुर्व बिद्यार्थीहरुमा अतिरिक्त कृयाकलापमा रुची बढाउने उद्धेश्यले चित्रकला, गित संगित, नृत्य, प्रोस्तोता लगायतका कृयाकलाप वालवालिकाहरुलाई सिकाउने उद्धेश्यले (१५ दिने भ्याकेसन प्याकेज कार्यक्रम) कोर्ष पुरा गरेसंगै उनीहरुको मंगलबार प्रतिभा प्रस्फुटन गरिएको जोजिजूले बताए । सेन्टरका संरक्षक योगमाया जोजिजूले पोखरा उद्योग बाणिज्य संघको सभाहलमा संचालन भएको उक्त कार्यक्रमको उद्घाटन गरेकी हुन । अभिभावक शिव प्रसाद पराजुलीले बिद्यालयको विदाको समयमा यस्ता कार्यक्रम आयोजना हुनु बिद्यार्थीहरुको लागि अति निकै फलदायी भएको दाबी गरे ।

उक्त कोर्ष पुरा गरेका वालवालिकाहरुलाई सेन्टरका संरक्षक योगमाया, प्रवन्ध निर्देशक विनित, स्कुलका व्याबस्थापक सानु जोजिजू, नृत्य प्रशिक्षक राजु गुरुङ, कला÷म्यूजिक प्रशिक्षक गोविन्द थापा लगायतले प्रमाणपत्र वितरण गरेका थिए । उक्त अवसरमा विश्वकै कम उमेरका ड्रमर उत्प्रेम जोजिजूले समेत आफ्नो प्रस्तुतीः राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button