विहिवार बाट पोखरामा भेट्रान लन टेनिस

पोखरा-

कास्की लन टेनिस संघको आयोजनामा विहिवार वाट भेट्रान लन टेनिस प्रतियोगित सुरु हुने भएको छ । सो को सम्पुर्ण तयारी पुरा भएको लन टेनिस संघ कास्कीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । विभिन्न ३५, ४५, ५५ र ६५ वर्ष भन्दा माथीका उमेर समुहमा सिंगल्स र डवल्स इभेन्टमा प्रतियोगिता हुने कायस्थले वताए ।

उक्त प्रतियोगितामा सहभागिताका लागि सम्पुर्ण प्रतियोगीहरु पोखरा आइसकेको संघका सचिव लोक गुरुङ्गले जानकारी दिए । प्रतियोगितामा ३५ वर्ष भन्दा माथीको उमेर समुहमा सिंगल्स इभेन्टुसमा प्रथम हुने खेलाडीले नगद ५० हजार र दोश्रोले नगद २० हजार पाउने संघका कोषाध्यक्ष राजु गुरुङ्गले जानकारी दिए । त्यसै गरि अन्य उमेर समुहको डवल्स इभेन्टमा क्रमशः प्रथमले १५ हजार र दोश्रो हुनेले ७ हजार प्राप्त गर्ने छन । प्रतियोगितालाई ट्रयाँक्युलिटी स्पाले मुख्य प्रायोजन गरेको छ । कास्की लन टेनिस संघले लन टेनिस खेलको प्रवद्र्धन गर्न हरेक वर्ष भेट्रानका विच यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । प्रतियोगिता पुष १७ गते सम्म पोखरा रंगशालामा संचालन हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button