भिडोल लुब्रिकेन्ट्सको मेकानिकल मिट पोखरामा

पोखरा –

साना देखि ठुला सवारी साधनमा प्रयोग गरिने इन्जिन वेल भिडोल लुब्रिकेन्ट्सको मेकानिकल मिट शनिबार पोखरामा आयोजना भएको छ । पोखरा क्षेत्रमा  विगत ७ महिना देखि विक्री तिवरण सुरु भएकोले भिडोलको महत्व र यसको उपयोगको बारेमा प्राविधिक तथा मेकानिकलहरुलाई जानकारी गराउने उद्धेश्यले उक्त कार्यक्रम पोखरामा आयोजना गरिएको रवि एण्ड रविन सप्लायर्सका संचालक टिका कुमारी गुरुङले बताईन ।

८ सय एम एल देखि २० लिटरसम्म उक्त भिडोल विभिन्न सवारी साधनको लागि बजारमा उपलब्ध भएको गुरुङले बताईन । ७ महिनामै आफुहरुले साचे भन्दा राम्रो बजार लिन सफल भएको दाबी गर्दै संचालक गुरुङले आगामी दिनमा यसको प्रयोग अझ बढ्ने विश्वास व्यक्त गरिन । कार्यक्रममा करिब दुई सय जना सहभागि भएको उनले बताईन ।

भिडोलको प्राविधिक ज्ञान सहितको यसको उपयोगितको बारेमा पूजा कन्स्ट्रक्सनका सिनियर मार्केटिङ म्यानेजर रितीक सलभले जानकारी गराएका थिए । सवारी साधनको अबस्था, सडकको अबस्था हेरीकन र चालकको ड्राईभिङ गर्ने आधारमा कति इन्जिन वेल खपत हुन्छ त्यसका आधारमा अनुमान गर्न सकिने उनले बताए । विशाल ग्रुप अन्तर्गतको पूजा कन्स्ट्रक्सन नेपाल भिडोल लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता हो भने गण्डकी तथा धौलागिरीको आधिकारीक बिक्रेता पोखरा नदीपुरमा रहेको रवि एण्ड रविन सप्लायर्स प्रालि रहेको छ ।

गण्डकी अटो मेकानिकल वक्स एशोसियसन कास्की अध्यक्ष सनद कुमार भट्टराई, एशोसियसनका प्रेस सल्लाहकार तथा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण थापा, कास्की मोटरसाईकल वक्स सप मेकानिकल एशोशियसन कास्कीका अध्यक्ष लक्ष्मण भण्डारी, संचारकर्मी सुरज थापा लगायतले वोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button