तमु धिं नेपाल ल्होछार अन्तर तमु समाज भलिवलको उपाधि आँधीखोलालाई

पोखरा-

तमु जातिको नयाँ बर्ष, राष्ट्रिय चाड ल्होछारको अवसरमा तमु धिं नेपालले आयोजना गरेको तमु धिं नेपाल दोश्रो अन्तर तमु समाज ल्होछार भलिवल प्रतियोगिता २०७३ को उपाधि आँधीखोला तमु समाजले जितेको छ ।

तमु धिं नेपालको भलिवल कोर्टमा बुधवार सम्पन्न फाइनल खेलमा गत वर्षको समेत विजेता रहेको आँधीखोला तमु समाजले तमु सहयोग समिति पार्दी बी लाई सोझो सेटमा पराजित गर्दै लगातार दोश्रो वर्ष पनि उपाधि उचालेको हो । आँधीखोलाले पार्दी बी लाई २५—१३, २५—१२ र २५—२० अंकले पराजित गरेको हो ।

यसरी नै बुधवार बिहान तेश्रो स्थानका लागि भएको खेलमा चारभञ्ज्याङ तमु समाजले तमु सहयोग समिति पार्दी ए लाई सोझो सेट २५—२३ र २५—१८ अंकले सहज जित हासिल गर्यो ।

उपाधि विजेता आँधीखोला तमु समाज ३० हजार, दोश्रो भएको पार्दी बी २० हजार र तेश्रो भएको चारभञ्ज्याङ तमु समाज १० हजारसहित «ट्रफी, मेडल र प्रमाणबाट कार्यक्रमका प्रमुख अतिथि पुर्व सभासद, माओवादी केन्द्रका नेता राजकाजी तमु करण, तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, तेश्रो पुरस्कार, बेष्ट प्लेयर र अनुशासित टिमको पुरस्कार प्रायोजक चन्द्रा तमुले पुरस्कार वितरण गर्नुभएको थियो ।

यसरी नै प्रतियोगितामा बेष्ट प्लेयर आँधीखोला तमु समाजका मिनबहादुर तमु र अनुशासित टिम दुधपोखरी तमु समाज घोािषत हुदै जनही दुई दूई हजार सहित ट्रफीबाट पुरस्कृत बनेको खेलकुद संयोजक क्या.बीरबहादुर तमुले जानकारी दिनुभयो ।

यस अघि फाइनल खेलको रेफ्रीलाई बल हस्तान्तरण गर्नुहुदै प्रमुख अतिथि, युवा नेता राजकाजी तमु करणले ल्होछारको शुभकामना व्यक्त गर्नुभयो । उहाँले तमु धिं नेपालले ल्होछारमा भलिवल प्रतियोगिता आयोजना गरेर खेलाडीलाई प्लेटफर्म बनाएको भन्दै प्रसंसा गर्नुभयो । उहाँले अधुरो अपुरो संविधान संशोधन मार्फत सबै विभेदमा पारिएको महसुस गरेकाहरुको भावनाको सम्बोधन हुनुपर्ने बताउनुभयो । हाम्रा सबै अधिकार संविधानमा नलेखिएकाले लेखाउन सबैको दवाव जरुरी छ, सरकारले तयार पारेको संशोधन प्रस्ताव पारित गराउन पहल जरुरी भएको बताउनुभयो । संविधान संशोधन गर्दै स्थानिय निर्वाचनका लागि तयारी अवस्था रहन सबैलाई आग्रह गर्नुभयो ।

समापन कार्यक्रमको अध्यक्षता गर्नुभएका तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले प्रतियोगिता सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद व्यक्त गर्नुहुदै पुस १४ गते तमु धिं नेपालमा हुने सडक दैड, स्यो कै, शुभकामना आदानप्रदान कार्यक्रम र १६ गतेको सामुहिक ल्होछार÷ल्होसारमा सबैको सहभागीताका लागि अनुरोध गर्नुभयो । कार्यक्रममा तमु धिं नेपालका द्धितिय उपाध्यक्ष हुमबहादुर तमु र सहसचिव दुर्गाबहादुर तमुले समेत बोल्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button