पोखरामा जारी अन्र्तराष्ट्रिय भलिवल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा

पोखरा-
पोखरामा जारी अन्र्तराष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार लिग चरणका खेल सकिएसँगै दुबैतर्फको सेमीफाईनल समीकरण पूरा भएको हो । प्रतियोगिताको पुरुषतर्फ ग्रुप ‘ए’ बाट नेपाल प्रहरी बिजेता र आयोजक पश्चिमाञ्चल उपबिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘बि’ बाट नेपाल आर्मी समूह बिजेता बन्दै सेमीफाईनलमा प्रवेश गरेको छ भने एपिएफ उपबिजेता बन्दै सेमीफाइनल प्रवेश गरेको छ ।

त्यस्तै, महिलातर्फ समूह ‘ए’ बाट सशस्त्र प्रहरी वलको एपिएफ क्लव समूह बिजेता र आयोजक पश्चिमाञ्चल उपबिजेता तथा समूह ‘बि’बाट न्यू डायमण्ड एकेडेमी समूह बिजेता र नेपाल प्रहरी उपबिजेता बन्दै सेमीफाइनल प्रवेश गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबार भएको पुरुषतर्फको खेलमा पश्चिमाञ्चललाई उत्तर प्रदेश भारतले वाकओभर दिएपछि पश्चिमाञ्चलको सेमीफाइनल यात्रा सुनिश्चित भएको थियो । यसअघी नेपाल प्रहरीसँग सोझो सेटमा पराजित भएपनि उत्तर प्रदेश भारतले पश्चिमाञ्चललाई पनि वाकओभर दिएपछि आयोजकको भाग्य खुलेको हो ।

नेपाल प्रहरीले आयोजक पश्चिमाञ्चललाई सोझो सेटमा पराजित गरेको थियो भने उत्तर प्रदेशबाट उसले पनि वाकओभर पाएपछि ६ अंकसहित समूह बिजेता बनेको हो । मंगलबार भएको अर्को खेलमा हेल्प नेपाल स्पोर्टस क्लवले नेपाल आर्मीलाई ३÷२ को सेटमा पराजित गरेपनि सेमीफाइनल यात्रा सुनिश्चित गर्न सकेन । मंगलबारको खेलमा हेल्प नेपाल स्पोर्टस क्लवले नेपाल आर्मीलाई २२—२५, २५—१५, २५—२७, २५—१३, १५—११ को सेटमा पराजित ग¥यो ।

उद्घाटन खेलमा सशस्त्र प्रहरी वल एपिएफलाई पराजित गरेको नेपाल आर्मी मंगलबारको खेलमा बेष्ट अफ फाइभमा गएसँगै ४ अंकसहित समूह बिजेता बन्यो भने एपिएफले हेल्प नेपाल स्पोर्टस क्लवलाई पराजित गरिसकेकाले हेल्प नेपाल स्पोर्टस क्लव प्रतियोगिताबाटै बाहिरियो र एपिएफ सेमीफाइनलमा प्रवेश ग¥यो ।

महिलातर्फ पहिलो खेल गुमाएको आयोजक पश्चिमाञ्लले मंगलबारको खेलमा नेपाल आर्मीलाई २५—१६, २५—१६ र २५—१८ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल यात्रा सुनिश्चित ग¥यो । दुई खेल जितेकाले एपिएफ सोमबार नै सेमीफाइनल पुगिसकेको थियो ।

समूह ‘बि’ बाट दुई खेल जित्दै न्यू डायमण्ड एकेडेमी ६ अंक बटुल्दै समूह बिजेता बन्यो भने नेपाल प्रहरी एक खेल जित्दै ३ अंकसहित समूह उपबिजेता बन्यो । पहिलो खेल नेपाल प्रहरीलाई जितेको न्यू डायमण्डले मंगलबार उत्तर प्रदेश भारतलाई ३÷० को सोझो सेटमा पराजित ग¥यो । न्यू डायमण्डले २५—६, २५—६ र २५—१० को सेटमा उत्तर प्रदेशलाई पराजित गरेको हो ।

प्रतियोगिता अन्तर्गत बुधबारदेखी सेमीफाइनल खेल शुरु हुनेछन् । बुधबार दिउँसो १२ः३० बजे हुने पहिलो सेमीफाइनलमा महिलातर्फको समूह ‘ए’ को बिजेता सशस्त्र प्रहरी वलको एपिएफ क्लव र समूह ‘बि’ को उपबिजेता नेपाल प्रहरी प्रतिष्पर्धामा उत्रिनेछन् । त्यस्तै अपराह्न २ः३० बजे हुने दोश्रो सेमीफाइनलमा पुरुषतर्फ समूह ‘ए’ को बिजेता नेपाल प्रहरी र समूह ‘बि’ को उपबिजेता सशस्त्र प्रहरी वलको एपिएफ क्लव आमनेसामने हुनेछन् ।

त्यस्तै, विहीबार हुने महिलातर्फको दोश्रो सेमीफाइनलमा समूह ‘बि’ को बिजेता न्यू डायमण्ड एकेडेमी र समूह ‘ए’ को उपबिजेता आयोजक पश्चिमाञ्चल प्रतिष्पर्धामा उत्रिनेछन् भने पुरुषतर्फको दोश्रो सेमीफाइनलमा समूह ‘बि’ को बिजेता नेपाल आर्मी र समूह ‘ए’ को उपबिजेता आयोजक पश्चिमाञ्चल आमनेसामने हुनेछन् ।

पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ पोखराको आयोजना तथा क्षेत्रीय खेलकुद विकास समितिको समन्वय, सृजना विकास केन्द्रको संयोजन, नेपाल भलिवल संघको तत्वावधान, कास्की जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगमा शनिबारदेखी शुरु भएको प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button