पोखरामा जारी अन्र्तराष्ट्रि भलिवल प्रतियोगिता आर्मी र पुलिस तथा एपिएफ र न्यू डायमण्ड उपाधिका लागि भिड्ने

पोखरा-

पोखरामा जारी अन्र्तराष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिताको उपाधिका लागि पुरुषतर्फ नेपाल पुलिस क्लव र त्रिभूवन आर्मी तथा महिलातर्फ न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी वलको एपीएफ क्लव भिड्ने भएका छन् ।

पोखरा रंगशालामा विहीबार भएको सेमीफाइनल खेलमा पुरुषतर्फ त्रिभूवन आर्मीले आयोजक पश्चिमाञ्चललाई र महिलातर्फ न्यू डायमण्डले आयोजक पश्चिमाञ्चललाई नै हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । यसअघी बुधबारको खेलमा जित हात पार्दै पुरुषतर्फ नेपाल पुलिस क्लव र महिलातर्फ एपीएफ क्लवले फाइनल यात्रा तय गरेका थिए । अब उपाधिका लागि शनिबार दिउँसो पोखरा रंगशालामा अन्तिम भिडन्त हुनेछ ।

विहीबार भएको पुरुषतर्फको सेमीफाइनलमा त्रिभूवन आर्मीले आयोजक पश्चिमाञ्चललाई ३÷१ को सेटमा पराजित ग¥यो । आर्मीले पश्चिमाञ्चललाई २५–२०, १६–२५, २५–१३ र २५–२० को सेटमा पराजित गरेको हो । सो खेलमा आर्मीका मानबहादुर श्रेष्ठ म्यान अफ दी म्याच भए ।

जितपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै आर्मीका प्रशिक्षक जगदिश भट्टले जितिहालिन्छ भन्ने विश्वासका साथ कम दवाबमा खेल्दा एक सेट सुम्पिनुपरेको बताए । यद्वपी खेलाडीको खेलप्रति आफु सन्तुष्ट रहेको बताए ।

पराजित पश्चिमाञ्चलका प्रशिक्षक कृष्ण थापाले सेलेक्सनका क्रममा राम्रा खेलाडी नआउँदा राम्रो टीम बन्न नसक्दा सोंचेजस्तो प्रदर्शन गर्न नसकेको गुनासो गरे ।

विहीबारै भएको महिलातर्फको सेमीफाइनलमा न्यू डायमण्डले आयोजक पश्चिमाञ्चललाई नै ३÷१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय ग¥यो । न्यू डायमण्डले पश्चिमाञ्चललाई २५–१९, २५–१७, १७–२५ र २५–११ को सेटमा पराजित गरेको हो । सो खेलमा न्यू डायमण्डकी प्रतिभा माली वुमन अफ दी म्याच भईन् ।

जितपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै न्यू डायमण्डका प्रशिक्षक कुमार राईले जितिन्छ भन्ने ओभर कन्फिडेन्सले गर्दा एक सेट सुम्पनुपरेको बताए । उनले न्यू डायमण्डमा सबै पक्ष राम्रो भएपनि प्रतिभा मालीको खेलमा उपाधि जित्ने÷नजित्ने निर्भर हुने बताए ।

पराजित पश्चिमाञ्चलकी प्रशिक्षक कौशिला खत्रीले पश्चिमाञ्चलमा खेलाडी राम्रो भएपनि कोहि बुटवल त कोही नवलपरासी हुँदा ट्रेनिङ राम्रोसँग गर्न नपाउँदा फाइनलको यात्रा तय गर्न नसकेको बताईन् ।

प्रतियोगिता अन्तर्गत अब तेश्रो स्थानको लागि शुक्रबार पुरुषतर्फ सशस्त्र प्रहरी वलको एपिएफ क्लव र पश्चिमाञ्चल तथा महिलातर्फ नेपाल पुलिस क्लव र पश्चिमाञ्चल आमनेसामने हुनेछन् । खेल शुक्रबार दिउँसो १२ः३० बजेपछि हुनेछ ।

फोटो – उमेश पुन

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button