मतगणना कार्य कछुवाको गतिमा भएपछि पोखरेली आक्रोसित

पोखरा, १ जेठ-
पोखरा लेखनाथ महानगरपालिकाको नगरप्रशिक्षण केन्द्रमा जारी रहेको स्थानिय निर्वाचनको मतगणना कार्य कछुवाको गतिमा भएको छ । वैशाख ३१ गते सम्पन्न निर्वाचनको मतगणना केन्द्रमा सोमबार दिउसो १२ बजे पछि सुरु गरिएको भएतापनि त्यसले गति लिन नसक्दा पोखरेलीहरुले आक्रोस व्यक्त  गरेका छन ।

देशकै ठुलो महानगरपालिकामा मतगणना जति सक्छो छिटो र धेरै ठाँउमा मत गणना गरी जनताले दिएको मतलाई सार्वजनीक गर्न पोखरेलीहरुले माग गरेका छन् । वडा नम्बर १ बाट मत गणना सुरु भएको भए पनि करिब ४ घण्टा ३० मिनेटमा दुई सय मत गणना भएको सार्वजनीक गरिएको थियो ।

प्राविधिक हिसावले गर्दा एउटै भवनमा धेरै ठाँउमा मत गणना गर्न नसकेकोले गर्दा, मिक्स मतदान भएको मतपत्र धेरै उमेदवारका प्रतिनिधिहरुलाई देखाउनु पर्ने भएकोले गर्दा र सुरुमा दुई वटा ठाँउमा मत गणना भएकोले मतगणना ढिलो हुन गएको मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले पोखरा न्युजलाइ बताए । उनले भने “ हामीहरुले पनि जति सक्दो छिटो मत गणना गर्न चाहेका छौं, हामीसंग कर्मचारी पनि अभाव छैन, तर यो प्रकृतिको मत पत्र पहिलो पटक प्रयोग भएकोले कारणले गर्दा पनि सुरुमा मतगणना गर्न केहि ढिलो भएको हो । ” वडा नम्बर एकको मत गणना भए पनि कम्तिमा पनि ४ वटा ठाँउमा आफुहरुले मतगणना गर्ने भएको उनले बताए ।

निर्वाचन आयोगले सकेसम्म एउटै भवनमा मतगणना गर्न निर्देशन दिएकोले गर्दा पनि आफुहरुलाई नजिकै रहेका अर्को भवनमा मतगणना गर्न कठिनाई भएको जनाए । मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेकपा एमाले अग्रस्थानमा, नेपाली कागेंस दोश्रो स्थानमा रहेका छन ।

कास्कीमा ३३ वटा वडा र ४ वटा गाँउ पालिका रहेका छन । गाँउ पालिकामा सेमत मतगणना सुरु भएको छ । कास्कीमा २ लाख २५ हजार ५ सय ४९ जना मतदाता सङख्या रहेकोमा १ लाख ६८ हजार ८ सय ५४ जनाले मत दिएका छन । जसमध्य ९३ हजार १ सय ९४ जना महिला र ७३ हजार ४ सय १९ जना पुरुषले आफ्नो अमुल्य मतदान गरेका छन । त्यसै गरी यस पटकको स्थानिय तहको निर्वाचनमा कास्कीमा महिलाहरु पुरुष भन्दा ११.७ प्रतिशत अर्थात १९ हजार ७ सय ७५ जना बढीले मतदान गरेका हुन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button