स्याङ्जामा अठार हजारभन्दा बढी मतदाता थपिए

पोखरा न्युज –

निर्वाचन आयोगले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलनमा स्याङ्जामा १८ हजार ६७६ जनाले नाम लेखाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय, स्याङ्जाका अनुसार नाम दर्ता गराउनेमा नौ हजार ५८८ पुरुष र नौ हजार ८८ महिला गरी कूल १८ हजार ६७६ जना छन् ।

प्रदेश र संघीय संसद्को निर्वाचनका लागि निर्वाचन आयोगले आह्वान गरेको फोटोसहितको मतदाता नामावली संकलनमा सबैभन्दा धेरै जिल्ला निर्वाचन कार्यालय स्याङ्जामा चार हजार ५४७ छन् भने सबैभन्दा कम आँधीखोला गाउँपालिकामा ७१२ जनाले फोटोसहितको नामावली संकलनमा नाम लेखाएका हुन् ।

त्यसैगरी, वालिङ नगरपालिकामा तीन हजार ४८३, गल्याङ नगरपालिकामा दुई हजार ४०१, चापाकोट नगरपालिकामा एक हजार ५५२, कालीगण्डकी गाउँपालिकामा एक हजार ३५५, भिरकोट नगरपालिकामा एक हजार ३१८, फेदीखोला गाउँपालिकामा ९८५, हरिनास गाउँपालिकामा ८०१, बिरुवा गाउँपालिकामा ७७८, अर्जुनचौपारी गाउँपालिकामा ७४४ जनाले नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

साउन १ गतेदेखि शुरु भएको मतदाता नामावली संकलन भदौ ३ गतेसम्म स्याङ्जाका विभिन्न ११ स्थानीय तहमा सञ्चालन भएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button