बागलुङमा साढे ११ हजार मतदाता थप

पोखरा न्युज –

जिल्लामा ११ हजार ५४७ जना मतदाता थपिएका छन् ।

दश स्थानीय तहबाट नयाँ मतदाताले तस्वीरसहितको मतदाता नामावली दर्ता गराएका हुन् । निर्वाचन आयोगले गत साउन १ देखि यही भदौ ३ गतेसम्म नामावली दर्ताका लागि समय तोकेको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको कूल मतदाता संख्या बढेर एक लाख ६८ हजार ३४९ पुगेको छ ।

यसअघि जिल्लामा एक लाख ५६ हजार ८०२ मतदाता थिए । बागलुङ नगरपालिकामा सबैभन्दा बढी तीन हजार ७१० मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले बताउनुभयो । सबैभन्दा कम बरेङ गाउँपालिकामा ३३४ जनाले मतदाता नामावली दर्ता गराएका छन् । नयाँ थप भएका मतदातामध्ये महिला पाँच हजार ४१८ र पुरुष छ हजार १२९ छन् ।

 

जिल्लामा भएको मतदाता संख्यालाई आधार मान्दा यसअघिका अधिकांश निर्वाचनमा ७० प्रतिशतको हाराहारीमा मत खस्ने गरेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांक छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button