पोखरामा चैत्रको २० र २१ गते राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगिता

सहभागि खेलाडीलाई बाजागाजा सहित सम्मान गरिने

पोखरा-
अपांङ्ग खेलकुद समिति कास्की र स्वाबलम्बन जिवन पद्धती समाज नेपालको संयुक्त आयोजनामा यहि चैत्रको २० र २१ गते पोखरामा पाँचौ भिबोर सोसाइटी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगिता–२०७३ हुने भएको छ । प्रतियोगिताको झण्डै ९० प्रतिशत तयारी पुरा भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनम जानकारी दिइयो ।

प्रतियोगितामा काठमाण्डौका ४ तथा चितवन र पोखराको एक एक गरि ६ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक समेत रहेका अपांङ्ग खेलकुद समिति कास्कीका अध्यक्ष भरत विक्रम बानियाँले जानकारी दिए । काठमाण्डौका नेपाल आर्मी, ह्विल चियर खेलकुद संघ, स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ, जाउलाखेल खेलकुद संघ तथा भरतपुरको ह्विल चियर स्पोर्ट एशोसिएशन र आयोजक गरि सात टिमले प्रतियोगितामा भाग लिने बानियाँले बताए । प्रतियोतिगामा सहभागि ६ टिमलाई २ पोलमा राखेर लिगकम नकआउटका आधारमा खेल खेलाइने छ । सहभागि हरेक टिमले कम्तिमा पनि दुई खेल खेल्नेछन् ।

प्रतियोतिगाको उद्घाटन दिन सहभागि सम्पूर्ण टिमका खेलाडीहरुलाई बाजागाजाको सम्मान सहित पोखरा रंगशालामा पु¥याइने पत्रकार सम्मेलनमा जानकारी दिइयो । सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनीले उक्त बाजाको प्रबन्ध मिलाउने भएको हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार सहित ट्रफि मेडल, द्वितिय हुनेले नगद १० हजार सहित ट्रफि मेडल तथा तृतीय हुने समुहले ५ हजारका साथमा ट्रफि मेडल पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि उत्कृष्ट र हाइयष्ट स्कोरर खेलाडीले वल्र्ड भिजनको तर्फबाट मोवाइल पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोतिगा सम्पन्न गर्न झण्डै साढे ५ लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक वापत बिभोर सोसाइटी बैंकले १ लाख ५० हजार सहयोग प्रदान गरेको छ । त्यस्तै, प्रथम पुरस्कारको प्रायोजन गोर्खा एण्ड बराह ज्वयलरीले, दोश्रो पुरस्कारको प्रायोजन भूपू बक्सिङ्ग खेलाडी चन्द्रबहादुर गुरुङ्गले र तृतीय पुरस्कारको प्रायोजन पशुपति बराल र भगवान बरालले गरेकाछन् । पत्रकार सम्मेलनमा बिभोर सोसाइटी बैंकका अध्यक्ष सुसिल पराजुली, गोर्खा एण्ड बराह ज्वयलरीका प्रबन्ध निर्देशक हरिकुमार धमला, कास्की जिल्ला टेवलटेनिस संघका अध्यक्ष उत्तम जोशि लगायतले प्रतियोगिता सफलताका लागि शुभकामना मन्तव्य राखेका थिए । स्वाबलम्बन जिवन पद्धती समाज नेपालका महासचिव हेम गुरुङ्गले सञ्चालन गरेको कार्यक्रममा समाजका अध्यक्ष हितमान छन्त्यालले स्वागत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button