तनहुँमा वाईसियल कमिटी गठन

पोखरा-

तनहुँको प्रस्तावित म्याग्दे गाउँपालीकामा सन्तोष रानाको अध्यक्षतामा १७ सदस्यीय गाउँपालीकास्तरीय वाईसियल कमिटी गठन भएको छ ।

कमिटीको उपाध्यक्षमा भुपाल मगर र चिरञ्जीवी रानाभाट, सचिवमा सुनिल क्षेत्री, सहसचिवमा विजय विक, कोषाध्यक्षमा मनीराज थापामगर रहनुभएको छ । त्यस्तै सदस्यहरुमा अशोक खाती, पारस विक, भविसर नेपाली, मिलन घर्ती, रेख बहादुर शाही, रामेश्वरी विक, सुवास नेपाली र रेखिराम थापा रहनुभएको छ । नेकपा माओवादी केन्द्र तनहुँका इन्चार्ज हरी चुमानको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य मदन आले, खुमबहादुर विक लागयतका माओवादी नेताहरुको उपस्थिति रहेको थियो । सो कमिटीको प्यानल प्रस्ताव तथा बधाई वाइसियल तनहुँका अध्यक्ष इश्वर बस्यालले गर्नुभएको थियो ।

केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य एवं प्रस्तावित म्याग्दे गाउँपालीकाका सहसंयोजक डिल बहादुर नेपालीले स्वागत गरेको कार्यक्रम सन्तोष रानाको अध्यक्षतामा सम्पन्न भएको वाईसियल तनहुँका सचिव अनिल तिवारीले जानकारी दिनुभयो । कार्यक्रममा अन्य पार्टी परित्याग गरी मनोज लामिछाने र दिपेश गुरुङको नेतृत्वमा २ दर्जन युवा वाईसियलमा प्रवेश गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button