नाका अध्यक्ष भट्टराईलाई पितृशोक

पोखरा न्युज ।

नेपाल हवाई खेलकुद संस्था नाका अध्यक्ष एवं रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान पोखराका कोषाध्यक्ष योगेश भट्टराईलाई पितृशोक परेको छ ।

निमोनियाबाट ग्रसित भट्टराईका पिता पर्यटन व्यवसायी भिम बहादुर भट्टराईको काठमाण्डौंको ग्राण्डी हस्पिटलमा उपचारको क्रममा हिजो शनिबार राति १०ः३० बजे निधन भएको रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईले बताए । उनको शव हाल आफ्नै निवास पोखरा लेकसाईडमा ल्याइएकोले गर्दा आज दिउँसो मध्यान्हः १२ बजे पछि शव यात्रा सहित उनको अन्तिम दाहसंस्कार पोखराको रामघाटमा हुने भएको छ।

६२ बर्षीय पर्यटन व्यवसायी, सामाजिक कार्यकर्ता भिम बहादुरले पोखरा लेकसाईडमा गौरी शंकर गेष्ट हाउस संचालन गर्दै आएका थिए । भिम बहादुरका एक श्रीमती, २ छोरा, ४ छोरी रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button