रौतहटका बाढीप्रभावितहरुलाई पोख्रेली युवाहरुको राहत

पोखरा न्युज –

नेपालको तराईमा बाढीबाट प्रभावितहरुलाई राहत प्रदान गर्न पोखराका विभिन्न संघसंस्थाहरुको टोली रौतहट पुगेको छ । टोलीले रौतहट जिल्लाको इश्नाथ नगरपालिकामा रहेको बञ्जाहा गाउँमा राहत सामाग्री वितरण गरेको टोलीका एक अभियानकर्ता रोट्रयाक्ट क्लव अफ पोखरा लेकसाइडका संस्थापक अध्यक्ष सुवास मल्लले बताए ।

आशाको बाल्टी नाम दिइएको अभियानमा ५०० परिवारलाई विभिन्न तत्काल आवश्यक सामाग्रीहरु राखिएको बाल्टी वितरण गरिएको थियो । बाल्टीमा चिउरा, दालमोठ, चाउचाउ, बिस्कुट जस्ता खाद्यान्न र साबुन, मञ्जन, ब्रस, महिनावारी हुँदा प्रयोग गर्ने प्याड जस्ता सरसफाईका सामाग्रीहरु समावेश गरिएको थियो । त्यसै गरी जीवनजल, सिटामोल, डिटोल, पियुस, ब्याण्डेज, कपडा, घाउमा लगाउने मलम, झाडापखालाको औषधी जस्ता सामाग्रीहरु पनि सो बाल्टीमा राखेर वितरण गरिएको अर्का अभियानर्ता सरिता पुरीले जानकारी दिइन् ।

शनिबार बिहान पोखराबाट गएको टोलीले विपद्स्थलमा गएर राहत वितरण गरेको र यसबाट भारतिय सीमावर्ती उक्त गाउँका सबै परिवार लाभान्वीत भएको अर्का अभियानकर्ता सिर्जना भुर्तेलले जनाइन् । भुर्तेलका अनुसार अभियानलाई जोन ४ अन्तर्गतका विभिन्न रोट्रयाक्ट क्लवहरु रोट्रयाक्ट क्लव अफ पोखरा लेकसाइड, रोटरयाक्ट क्लव अफ पोखरा फिस्टेल, रोट्रयाक्ट क्लव अफ पोखरा मिडटाउन, रोट्रयाक्ट क्लव अफ पोखरा, रोट्रयाक्ट क्लव अफ हेमजा र रोट्रयाक्ट क्लव अफ न्युरोडले बाल्टी सहयोग गरेका थिए भने रोट्रयाक्ट क्लव अफ गण्डकी मेडिकल कलेजले स्वास्थ्य टोली र रोट्रयाक्ट क्लव अफ बागलुङ्गले औषधी सहयोग गरेको थियो । यस बाहेक अभियानमा कोक्याप, युवा सञ्जाल, युनाइटेड आइडिया नेपाल, पहिलो पाइला, योर्स डटर्स फाउन्डेसन जस्ता युवाहरुको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु तथा एमआरआर, सिस्टरहुड, ब्राहमिन्स ग्रुप लगायतका फेसबुक ग्रुपहरुले पनि सघाएका थिए ।

अभियानका क्रममा आठ लाख बराबरका विभिन्न सामाग्रीहरु वितरण गरिएको र सोका लागि सहकार्यमा रहेका समुहहरुले आर्थिक तथा भौतिक सहयोग गरेका थिए । राहत वितरणका गरिएको गाउँमा पानीको वहाव घटे पनि हालसम्म हिलो नै रहेको र खेतहरु अझै डुवानमा नै रहेको राहत वितरण पछि पोखरा फर्केको टोलीले जानकारी दियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button