एक अर्व ६ करोडको लागतमा पोखरामा अत्याधुनिक सपिङ कम्प्लेक्स निमार्ण

दिननाथ बराल

पोखरा ११, साउन

पर्यटकीय नगरी पोखरामा एक अर्व ६ करोडको लागतमा अत्याधुनिक सपिङ कम्प्लेक्स “पोखरा ट्रेड मल” निमार्ण कार्य सम्पन्न भएको छ । साढे ६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त सपिङ मलको निमार्ण कार्य सकिए लगतै फाट्य फुट्य रुपमा केहि व्यापारीहरुले व्यापार गर्न सुरु गरेको पोखरा ट्रेड मल एण्ड हाउजीङ कम्पनि प्रालिका अध्यक्ष विन्दुकुमार थापाले बताए ।

पोखराका ४६ जना युवा व्यावसायीहरुको अगुवाईबाट सुरु भएको उक्त मलमा हाल ६५ जना व्यावसायीहरुको लगानी भएको अध्यक्ष थापाले बताए । केहि सटरका व्यापारीहरुले व्यापारीक सजिसजावट गर्नको लागि केहि समय लाग्ने भएकोले आगामी भदौ अन्तिम सातादेखि औपचारीक रुपमा उक्त मलको उद्घाटन गर्ने अध्यक्ष थापाले दाबी गरे ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका थापाले पोखरा ट्रेड मल स्थापनाले पोखराको आन्तरीक तथा बाहिय पर्यटन प्रवद्र्धनमा समेत थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने “साना तथा मझौला व्यावसायीहरुलाई घरभेटि बनाउने उद्धेश्यले हामी यो अभियानमा जुटेका हौं ।” उक्त मलले साना तथा मझौला व्यावसायीहरुको विकास गराउने बताउदै थापाले नुन देखि सुन सम्मका विभिन्न सटरहरु मलमा रहने दाबी गरे ।

उक्त मलमा ५ सय ३ वटा व्यापारीक स्टलहरु रहेको प्रालिका प्रवन्ध निर्देशक मिनराज काफ्लेले बताए । उनका अनुसार ४ सय २ वटा सटरहरु व्यापारीक प्रयोजनको लागि र एक सय एक वटा सटरहरु भने कार्यालय तथा गोदामको लागि प्रयोग हुने भएको छ । १ सय ६० वटा व्यावसायीक प्रतिष्ठानले उक्त मलमा विभिन्न नुन देखि सुनसम्मका सेवा सुविधा दिने उद्धेश्यले व्यापारीक पसलहरु संचालन गर्दै गरेको प्रवन्ध निर्देशक काफ्लेले बताए । उनका अनुसार हाल ४० भन्दा बढी व्यापारीक प्रतिष्ठानहरुले उक्त मलबाटै कारोवार सुरु गरी सकेका छन भने यही साउनको २५ भित्रमा एक सय बढी व्यापारीक प्रतिष्ठानहरुले आ–आफ्नो पसलहरु संचालना ल्याउने भएका छन । उक्त मलमा पसल संचालन गरेको तीन महिनासम्म ५० प्रतिशतको प्रोमोसनल बिषेश छुट दिने भएको काफ्लेले बताए । उक्त मलको निमार्ण कार्य सहिए पनि अब केहि पसलहरुको सजावटको कारणले गर्दा आफुहरुको उद्घाटनको समय केहि ढिला हुने भएको बताउदै उनले आफुहरुको अब प्रचारप्रसारको मात्र काम बाँकी रहेको जनाए । पोखरामा अन्तराष्ट्रिय शहर तर्फ उन्मुख भएको अबस्थामा उक्त मलले आन्तरुकि तथा बाह्यि पर्यटकहरुलाई समेत आकर्षण तथा धेरै सेवा सुविधा दिने भएको प्रवन्ध निर्देशक काफ्लेले दाबी गरे ।

५० लाख देखि ३ करोडसम्म लगानी गरेका युवाहरुले निर्माण भएकोे उक्त सपिङ कम्प्लेस भुईतला बाहेक ३ तलेमा निर्माण भएको उनले बताए । २०६९ चैत्रबाट निमार्ण कार्य शुभारम्भ भएको थियो । सि.ई.कन्स्ट्रक्सनले उक्त सपिङ कम्प्लेक्स निर्माणको जिम्मा लिएको हो ।  २९ हजार बर्गफिटको भुईतलामा पाकिङको व्याबस्था हुने गरी भवन निर्माण भएको छ । उक्त भवन ८ रेक्टर स्केलको भुकम्प प्रतिरोधात्मक भएको काफ्लेले दाबी गरे ।

पोखरा ट्रेड मलमा ग्रोसरी शप, लक्ता कपडा, ईलेक्ट्रीक, बैकीङ, मल्टिफ्लेक्स हल (दुई वटा फिल्म हल), अन्तराष्ट्रिय स्तरको फूडकोट, गेमीङ जोन लगायतका सेवा एकै भवनबाट पाईने भएको काफ्लेले बताए । फायरफाईटीङ, आगोलाग्नु भन्दा अघि नै संकेत दिने स्मोक डिटेक्टर, लिफ्ट, बिद्युतीय भर्याङ, सीसी क्यामरा लगायतको दृष्टिले गर्दा सुरक्षाको लागि कुनै कसुर बाँकी नराखेको काफ्लेले दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button