नर्सको श्रम शोषण गर्ने अस्पताल बिरुद्ध मुद्धा हाल्ने चेतावनी

दिननाथ बराल
पोखरा ११, भदौ :
भ्रष्टचार बिरुद्ध अभियानका अध्यक्ष पारुल क्षत्रीले नर्सहरुको श्रम शोषण गर्ने अस्पताल तथा निजि क्लीनिक बिरुद्ध मुद्धा हाल्ने चेतावनी दिएका छन । शनिबार पोखरामा आयोजित नर्सीङ क्षेत्रका सवाल, चुनौती र अवसर बिषयक अन्तरकृया कार्यक्रममा बोल्दै अध्यक्ष क्षत्रीले नर्सहरुको हकहितको लागि आफुहरु लडि रहने बताउदै उनीहरुको श्रम शोषण गर्ने उपर मुद्धा हाल्ने चेतावनी दिएका हुन ।

नर्सको भोलेन्टरको नाममा निशुल्कः काममा लगाउने, नियुत्ति पत्र नदिने, लामो समयसम्म रहदा सम्म स्थायी नगर्ने, रोजगारीको सुरक्षा प्रत्याभुति नहुने लगायतका समस्यामा रहेका नर्सको शोषण बिरुद्ध पोखरामा उक्त कार्यक्रमको आयोजना गरीएकोे अध्यक्ष क्षत्रीले जनाए । नर्सहरुको मुद्धा लियर विराटनगरबाट सुरु भएको कार्यक्रम पोखरा सहित अन्य क्षेत्रमा गर्दै जाने भएको अभियानका अध्यक्ष क्षत्रीले बताए ।

उनले भने “अधिकाशं हस्पिटलहरुले अवैधानिक रुपमा भोलेन्टरको नाममा नर्सहरुको श्रम शोषण भएको छ, उनीहरुको उचित ज्यालाको लागि हामी निरन्तर लड्ने छौं, उनीहरुको हकहितको लागि हामी देश व्यापी अभियान हुदै छ ।” विराटनगरमा ६ महिना अघि सुरु भएको उक्त अभियानले हाल सो क्षेत्रमा अधिकाशं अस्पतालमा भोलेन्टेयर नर्स नभएको र अस्पतालमा खटिएका नर्सले न्युनतम ८ हजार माथि तलव पाएको उनले दाबी गरे । श्रमशोसण गर्ने अस्पताल बिरुद्ध श्रम कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग हुदै सरोकार निकायसम्म आमफुहरुले नर्सहरुको मुद्धा लियर जाने भएको उनले जनाए ।

पोखरा क्षेत्रमा करीब १८ वटा अस्पताल रहेका छन भने अधिकाशं अस्पतालमा भोलेन्टेयर नर्सहरु राखिएको नर्सिङ संघका आजिवन सदस्य जिता बरालले दाबी गरीन । उनले भनिन “पोखरामा रहेको सामुदायिक अस्पताल देखि निजि अस्पतालबाटै नर्सहरुको श्रम शोशण भएको छ, भोलेन्टेयर सेवा अवैध हो, यसमा नर्सहरु पनि अधिकाशंहरु अनविज्ञ छन, अब सवै चुप लागेर बस्न हुदैन । ” उनका अनुसार नेपालमा करीब ६० हजार नर्सहरु भए पनि हाल करीब २० हजार नर्सहरु वेरोजगार भएका छन ।

२० हजार जसोले मुस्कीलले जागीर पाएको बताएकी बरालले ७÷८ लाख खर्च गरेर अध्ययन गरेका युवतीहरुको रोजगारको ग्यारेन्टी नहुदा बेरोजगार समस्या बढ्दै गएको दाबी गरीन । २ हजार देखि केहि नर्सहरुले पोखरामा काम समेत गरेको उनले बताईन । नाम नवताउने सर्र्तमा एक नर्सले भनीन भोलेन्टेयरको नाममा सामुदायिक देखि निजि अस्पतालमा काम गर्दा गर्दै २ बर्ष वित्यो । उनले भनीन “ जहिले पनि घरमा आमा बाबुले छोरी तिमिले कहिलेबाट पैसा पाउने गरी जागीर गर्छौ त भनी सोध्दा सोध्दा म वाक्क दिक्क भए, अब मेरा माआ बाबुलाई नर्सको पेशाको बारेमा कसरी सम्झाउने बुझाउने ।” आफुहरुलाई डाक्टरहरुले खाना तथा खाजाको लागि काम समेत लगाउने गरेको उनीहरुले गुनासो गरेका छन ।

नर्सको शोषण बिरुद्ध शनिबार पोखरामा शान्ति पदयात्रा समेत प्रदर्शन भएको थियो । पोखराको विपि चोकबाट सुरु भएको शान्ति पदयात्रा महेन्द्रपुल, रानीपौवा हुदै पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पुगेर अन्तरकृया कार्यक्रममा परिणत भएको नर्सिङ संघका आजिवन सदस्य जिता बरालले बताईन । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर श्रीकृष्ण श्रेष्ठले राजनैतिक पार्टीबाट दबाव आएको कारणले गर्दा पनि आफुहरुले बाध्य भएर भोलेन्टेयर राख्नु परेको बताए । डाक्टर प्रदिप घिमिरेले पोखरा क्षेत्रमा करीब ४ सय जना नर्सहरुलाई जागीर दिने अबस्था रहेको बताए । बीएन नर्स जयश्री भर्तेलले नर्सहरु आफैमा सचेतना कमि भएको कारणले गर्दा श्रमशोण भएको दाबी गर्दै नर्स पेशालाई सेवा मुलक पेशाको रुपमा हेर्न आग्रह गरीन ।

नेपाली कागेेंस कास्कीका सचिव कृष्ण केसीले नर्सहरुको समस्यामा आफ्नो पार्टी गम्भीर भएर लाग्ने वचन दिएका छन । निजामति कर्मचारी युनियन जिल्ला अध्यक्ष रामजी कोईरालाले नर्स तथा स्वास्थ्यकर्मीले आफ्नो पारिश्रमबारे नै अनविज्ञ भएको बताए । पुर्व नर्स ग्रगा कुवंरले नर्स पेशा पछिल्लो क्रममा उपेक्षित पेशा बन्दै गएको उचित ज्याला समेत नदिएको बताईन । डाक्टर अमृत घिमिरेले नर्सहरुमा सचेतनाको कमि भएको कारणले गर्दा उनीहरुको श्रमशोषण भएको दाबी गरे । संचारकर्मी ऋषि खतिवडाले नर्स जस्तो सम्मानित पेशालाई सवैले सम्मान गर्नुपर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button