पोखरामा नागरीक लगानी कोष स्थापना

पोखरा ६, असोज:

पोखरामा नागरीक लगानी कोषको कार्यालय स्थापना भएको छ । उक्त कोष स्थापनाको २५ बर्ष पुगेको अवसरमा कोषले पोखरामा पहिलो शाखाको रुपमा कार्यालय स्थापना गरेको हो । सेवा सहज पुराउने उद्धेश्यले पोखरामा बुधबारदेखि पहिलो शाखाको रुपमा स्थापना गरीएको नागरीक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए । काठमाण्डांैको नयाँ वानेश्वरमा प्रधान कार्यालय रहेको उक्त कोषले दोश्रो शाखा दशैं पछि विराटनगरमा स्थापना गर्ने तयारी भएको उनले जनाए ।

उनका अनुसार ५ लाख ६५ हजार नागरीकबाट उक्त कोषमा ६५ अर्व रकम जम्मा भएको छ । हालसम्म २८ हजार सामुदायिक बिद्यालयका शिक्षक, एक लाख ७० हजार अवकास प्राप्त कर्मचारीहरु समेत रहेको कोषले जनाएको छ । आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी पुँजी बृद्धिको साथै लगानीको अवसर बढाउने तथा पुँजी बजारको विकासमा गतिशिलता ल्याउन यस कोषको स्थापना गरीएको निर्देशक पोखरेलले जनाए । उक्त कोषमा ४५ करोड पुजी रहेको छ ।

उक्त कोषमा जम्मा भएको रकम देशको अस्थिर राजनीतिका कारणले गर्दा हालसम्म उत्पादन क्षेत्रमा ठुलो लगानी गर्न नसकिएको उक्त कोषका अधिकृत नवराज गौतमले बताए । नेपालमा संविधान जारी भएसंगै अब कोषले उत्पादनशित क्षेत्रमा लगानी गर्ने भएको उनले जनाए । यस कोषमा स्थायी वा अस्थायी कर्मचारीहरुले संस्थागत रुपमा रकम जम्मा गर्न सक्छन । त्यसै गरी उक्त कोषको बिमा कार्यक्रममा भने सरकारी कर्मचारी, सुरक्षा निकाय नेपाल प्रहरी, नेपाल आर्मी, सामुदायिक बिद्यालयका शिक्षकहरुले जम्मा गर्न सक्ने छन । यस कोष स्थापना पछि सेवाग्राहिरुलाई पोखरा क्षेत्रबाट सहज रुपमा सेवा प्राप्त गर्ने भएका छन ।

यसै विच उक्त कोषको औपचारीक उद्घाटन भने अर्थ मन्त्री डाक्टर रामशरण महतले गरेका हुन । उक्त अवसरमा कोषले तयार पारेको ५ बर्षे दीर्घकालिन रणनीतिक योजना को पुस्तीका समेत सार्वजनीक गरे । कोषका संचालक सुर्यप्रसाद आचार्यको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो । ११ बजे उक्त कार्यक्रम उद्घाटन गर्ने पुर्व तयारी गरे पनि मन्त्रीको आमगन ढिला भएकोले ३ घण्टा पछि २ बजे पछि मात्र उद्घाटन सत्र सुरु भएको थियो

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button