लक्ष्मीपति सारी मिस गण्डकी सिजन दुईको अडिसन शुरु

 पोखरा,११  असोज:

लक्ष्मीपति सारी मिस गण्डकीको पहिलो चरणको अडिसन सकिएको छ । पहिलो चरणको अडिसनमा १८ जना युवतीहरुले प्रतियोगिताको लागि अडिसन दिएका थिए । पहिलो चरणको दोस्रो अडिसन आगामी शनिबार असोज १६ गते पनि हुने आयोजक रियल ईभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

 दुई छुट्टाछुट्टै दिनमा हुने पहिलो चरणको अडिसनमार्फत २० जना युवतीहरुलाई प्रशिक्षणको लागि छनौट गरिने आयोजकले बताएको छ । “हामीलाई ३१ जना युवतीहरुको आवेदन फाराम प्राप्त भएको छ ।” आयोजक रियल ईभेन्ट म्यानेजमेन्टका निर्देशक सुशिल पोखरेलले भने–“धेरैजनाले निकै राम्रो प्रस्तुती दिनुभएको छ । प्रतियोगीहरुकै कारण यो ईभेन्ट अझै बढि विशेष हुने निश्चित छ ।”

 शनिबार भएको पहिलो चरणको अडिसनमा फोटोग्राफर तथा इभेन्ट मेनेजर ओम लामा, गायक तथा संगितकार योगेश काजी, पत्रकार तथा अभिनेता रेम बिक, मिस मगर २०१२ की फस्ट रनरअप अनिता थापा र संञ्चारकर्मी तथा कोरियोग्राफर सुरज थापा रहेका थिए ।

 पहिलो चरणको दोस्रो अडिसन असोजको १६ गते सकिएसँगै त्यसबाट २० जना युवतीहरुलाई छनौट गरि १७ गतेबाट प्रशिक्षण शुरु हुने आयोजकले बताएका छन् । एक महिनासम्म प्रतियोगीहरुलाई विभिन्न विषयमा सिकाईने कोरियोग्राफर सुरज थापामगरले बताए ।

 प्रतियोगिताको ग्राण्ड फिनाले कात्तिकको २१ गते हुनेछ । मिस गण्डकी दोस्रो सिजन रियालिटि शो बेसमा संचालन भैरहेको आयोजकले बताएका छन् । अडिसनसँगै प्रशिक्षण र त्यससँग जोडिएका विभिन्न क्रियाकलापलाई दर्शकले फेवा टेलिभिजनमार्फत हेर्न पाउनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button