ह्याण्डवलको कवर्ड हल निमार्ण गर्न सहयोग गर्छु –विष्ट

पोखरा ११ , असोज:

 राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्टले ह्याण्डवल खेलको हवर्ड हल निमार्ण गर्न १५ दिन भित्रमा प्रकृया अघि बढाउन सहयोग गर्ने बताएका छन । नेपाल ह्यान्डबल संघको तेश्रो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको पदस्थापना कार्यक्रममा बोल्दै उनले सम्भावना भएको यस खेलको विकासको लागि कवर्ड हल निमार्णको लागि आवश्यक प्रकृया अघि बढाउने बताएका हुन ।

 उनले भने “उक्त कवर्डहल निमार्णको लागि पहिला संघको टोलीले जग्गाको खोजि गरी योजना सहित १५ दिन भित्रमा आएको खण्डमा मैले जताबाट भए पनि कवर्ड हल निमार्ण गर्न सहयोग गर्ने छु । ” संघले ३० प्रतिशत लगानी गर्ने गरी योजना बनाएर आएको खण्डमा आफुुले ७० प्रतिशत कवर्डहल निमार्णको बजेट निकासाको लागि पहल गर्ने दाबी गरे ।

 अघिल्ला कार्यसमितिका अध्यक्ष तेजबहादुर गुरुङ पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि आईतबार उनलाई राखेप सदस्य सचिव विष्टले पदस्थापना गराएका हुन । अधिवेशनले गुरुङको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा रामकृष्ण केसी, महासचिवमा सन्देशकुमार रेग्मी तथा तथा कोषाध्यक्षामा मीठाराम अधिकारी निर्वारोध निर्वाचित भए । उपाध्यक्षमा ३५ मतसाथ जय शर्मा, ३३ मतसाथ जीवन बस्नेत र ३० मतसाथ भीम केसी निर्वाचित भए । पराजित उपाध्यक्षका उम्मेदवार राकेश राईले २५ र राजुविक्रम थापाले १५ मत प्राप्त गरेका थिए ।

 दुई सचिवका लागि तीनको उम्मेदवारी परेकोमा ३५ मत ल्याएका केशव पाठक र ३१ मत हासिल गरेका रत्नज्योति मानन्धर विजयी भए । झीनो अन्तरले पराजित सचिवका अर्का उम्मेदवार दामोदर भट्टराई (बद्री) ले ३० मत प्राप्त गरे । सदस्यमा रविन धोभडेल, प्रकाश सुनुवार, नरेन्द्रराज जोशी, पीताम्बर आचार्य, विनोद खुलाल, अभयकुमार बस्नेत, विराटमान वज्राचार्य र ज्ञानेन्द्र गजुरेल निर्वारोध निर्वाचित भए । २ जनाले उम्मेवारी फिर्ता लिएपछि सदस्य पद निर्वारोध भएको बताईन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button