गण्डकी बोर्डिङ स्कुलमा मावि स्तरीय ह्याण्डवल प्रतियोगिता सुरु

दिननाथ बराल
पोखरा १४, भदौ

पोखराको लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुलमा सोमबार देखि मावि स्तरीय छात्रा ह्याण्डवल प्रतियोगिता सुरु भएको छ । बिद्यालयको स्वर्ण जयन्तीको अवसरमा बिद्यालयको स्वास्थ्य तथा शारीरिक शिक्षा बिभागको आयोजनामा सोमबार देखि उक्त प्रतियोगिता सुरु भएको बिद्यालयका प्राचार्य रवि प्रसाद बरालले बताए ।
सोमबार बिद्यालयको खेल मैदानमा भएको उद्घाटन खेलमा गण्डकी बोर्डिङले लेखनाथमा रहेको युनिभर्स बोर्डिङ स्कुललाई १ को बिरुद्ध १० गोलको फाराकिलो अन्तरले पराजित गरेको हो । दोश्रो खेलमा गगनगौडाको ज्ञान ज्योति बोर्डिङले पोखराको सृजना उच्च माविको टोलीलाई ५ को बिरुद्ध ८ गोल गरी जित दर्ता गरेको हो । तेश्रो खेलमा सोसल पब्लिकले सैनिक आवासिय महाबिद्यालयलाई ३ को बिरुद्ध ५ गोल गरी जित हासिल गरेको हो । चौथो तथा सोमबारको अन्तिम खेलमा मनकामनाले सरस्वती आर्दश बिद्याश्रमले २ को बिरुद्ध ८ गोल बर्षाउदै जित दर्ता गरेको हो । सोमबार पानी परेका कारण दुई खेल स्थगीत भएको छ । मंगलबार ११ वटा खेलहरु हुने भएको ह्याण्डवल प्रशिक्षक चित्र थापाले बताए ।
भदौ १७ गतेसम्म संचालन हुने प्रतियोगितामा १६ वटा बिद्यालयको सहभागिता रहेको प्राचार्य बरालले जनाए । लिगकम नकाउनका आधारमा उक्त खेल संचालन हुने भएको छ ।
यसै बिच, उक्त प्रतियोगिताको उद्घाटन नेपाल ह्याण्डवल संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङले गरे । कार्यक्रममा बोल्दै उनले पोखरामा विभिन्न उमेर समुहका तथा छात्र÷छात्राहरुलाई लक्षित गरी आयोजना हुने प्रतियोगिताले ह्याण्डवल खेलको क्रेज बढाएको दाबी गरे । उनले थपे “यस खेलमा राम्रो गर्न सके पदकको राम्रो सम्भावना छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button