पोखरा ट्रेड मलको उद्घाटन असोज २६ गते

पोखरा ११, असोज:

पर्यटकीय नगरी पोखरामा एक अर्व ६ करोडको लागतमा अत्याधुनिक सपिङ कम्प्लेक्स “पोखरा ट्रेड मल” निमार्ण कार्य सम्पन्न भएको छ । साढे ६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त सपिङ मलको यही असोज २६ गते घटस्थापनाको दिनमा उद्घाटन हुने भएको सुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

केहि महिना अघि मलको निमार्ण कार्य सकिए लगतै फाट्य फुट्य रुपमा केहि व्यापारीहरुले व्यापार गर्न सुरु गरेको भए पनि यसको औपचारीक रुपमा नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले उद्घाटन गर्ने कार्यक्रम तय गरीएको पोखरा ट्रेड मल एण्ड हाउजीङ कम्पनि प्रालिका अध्यक्ष विन्दुकुमार थापाले बताए ।

२०६९ सालमा पोखराका ४३ जना युवा व्यावसायीहरुको अगुवाईबाट सुरु भएको उक्त मलमा हाल ६५ जना व्यावसायीहरुको लगानी भएको अध्यक्ष थापाले बताए ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका थापाले पोखरा ट्रेड मल स्थापनाले पोखराको आन्तरीक तथा बाहिय पर्यटन प्रवद्र्धनमा समेत थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उक्त मलमा ५ सय ३ वटा व्यापारीक स्टलहरु रहेको प्रालिका प्रवन्ध निर्देशक मिनराज काफ्लेले बताए । उनका अनुसार ४ सय १० वटा सटरहरु व्यापारीक प्रयोजनको लागि र एक सय एक वटा सटरहरु भने कार्यालय तथा गोदामको लागि प्रयोग हुने भएको छ । ९३ वटा विभिन्न कार्यालय, व्यावसायीक प्रतिष्ठानले मलमा प्रयोग भएको काफ्लेले जनाए । नुन देखि सुनसम्मका सेवा सुविधा दिने उद्धेश्यले व्यापारीक पसलहरु संचालन गरेको प्रवन्ध निर्देशक काफ्लेले बताए । उनले भने “यस मलमा उपभोक्ताहरुलाई मुल्यमा सकभर एकरुपता हुने छ भने न्युनतम मुनाफामा सामानहरु विक्रि वितरण गरीने छ ।”उक्त मलको निमार्ण कार्य केहि महिना अघि सकिए पनि केहि पसलहरुको सजावटको कारणले गर्दा औपचारीक उद्घाटन दशैं पर्वको अवसरमा भएको उनले जनाए ।

पोखरामा अन्तराष्ट्रिय शहर तर्फ उन्मुख भएको अबस्थामा उक्त मलले आन्तरीक तथा बाह्यि पर्यटकहरुलाई समेत आकर्षण तथा धेरै सेवा सुविधा दिने भएको प्रवन्ध निर्देशक काफ्लेले दाबी गरे । ५० लाख देखि ३ करोडसम्म लगानी गरेका युवाहरुले निर्माण भएकोे उक्त सपिङ कम्प्लेस भुईतला बाहेक ३ तलेमा निर्माण भएको उनले बताए । उनका अनुसार २९ हजार बर्गफिटको भुईतलामा पाकिङको व्याबस्था भएको छ ।

उक्त भवन ८ रेक्टर स्केलको भुकम्प प्रतिरोधात्मक भएको काफ्लेले दाबी गरे । पोखरा ट्रेड मलमा ग्रोसरी शप, लक्ता कपडा, ईलेक्ट्रीक, बैकीङ, मल्टिफ्लेक्स हल (दुई वटा फिल्म हल), अन्तराष्ट्रिय स्तरको फूडकोट, गेमीङ जोन लगायतका सेवा एकै भवनबाट पाईने भएको काफ्लेले बताए । फायरफाईटीङ, आगोलाग्नु भन्दा अघि नै संकेत दिने स्मोक डिटेक्टर, लिफ्ट, बिद्युतीय भर्याङ, सीसी क्यामरा लगायतको दृष्टिले गर्दा सुरक्षाको लागि कुनै कसुर बाँकी नराखेको काफ्लेले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button