पोखरामा माउन्टेन वाइकको अभाव

दिननाथ बराल
पोखरा २७, असोज :
पोखरामा हिजोआज माउण्टेन वाईकको अभाव भएको छ । भारतको अघोषित नाकावन्दीका कारणले गर्दा पोखरा क्षेत्रमा भएको स्टक माउण्टेन वाईक विक्रि वितरण भएकोले हाल पोखराका अधिकाशं साईकल पसलमा उपभोक्ताहरुले रोजे अनुसारका माउण्टेन वाईक उपलब्ध नभएको व्वयासीहरुले बताएका छन ।
पोखरा क्षेत्रमा पछिल्लो तीन सातादेखि यता साईकल चढ्ने उपभोक्ताको सङख्यामा उल्लेखनिय रुपमा बृद्धि भएको छ । असोज पहिलो सातादेखि भारतले अघोषित रुपमा नाकावन्दी गरेका कारणले गर्दा समाजका प्रतिष्ठित व्यक्ति देखि सामान्य परिवारका सदस्यले समेत पछिल्लो क्रममा साईकल चढ्ने सङख्यामा उल्लेखनिय रुपमा बृद्धि भएको साईकल व्यवसायीहरु बताउछन । भारतमा भएको नाकावन्दीको कारणले गर्दा पोखरामा सहज रुपमा पेट्रोलियम पदार्थ नपाए पछि पोखरा शिवालय चोकका एक युवा प्रभाकर थकालीले माउन्टेन वाईक किन्ने योजना बनाएका छन । पोखराका अर्को एक युवा महेन्द्र गुरुङले दशैं तथा तिहार पर्वको अवसरमा आफ्ना छोराछोरीको लागि साईकल किनेका छन । पेट्रोलिय पदार्थ सहज रुपमा उपलब्ध नभए पछि पोखरा क्षेत्रमा लव्ध प्रतिष्ठित व्यक्ति देखि सामान्य व्यक्तिहरुले समेत साईकल चढ्न थालेको साईकल सिटि पोखराका अध्यक्ष जितेन्द्रमान शाक्यले बातए । उनले भने “यो वातावरण र स्वास्थ्यका दृष्टिले फाईदा जनक भएकोले यसको क्रेज पोखरामा बढ्दैछ । ”

भारतमा भएको अघोषित नाकावन्दीको कारणले गर्दा भारत तथा चिनबाट पोखरा क्ष्ोत्रमा आउने साईकल र साईकलका केहि सामानहरु आउन नसक्दा उपभोक्ताहरुले चाहेर पनि आफुहरुले साईकल विक्रि गर्न नसकेको चालिसे साईकल एण्ड सन्सका संचालक असोक चालिसेले बताए । उनले भने “ भारतमा नाकावन्दी भएको हुनाले पोखरामा पेट्रोलिय पदार्थ अभाव हुदा साईकल चढ्ने सङख्यामा उल्लेखनिय रुपमा बृद्धि भएको हो ।” आफुहरुले दशैं तथा तिहार पर्वको अवसरमा विक्रिको लागि राखेको स्टक साईकल १५ दिनमै सकिएको उनले बताए । उनले भने “भारतले यसरी लामो समयसम्म अघोषित रुपमा नाकावन्दी गर्ला भनेर हामीले सोचेका पनि थिएनौं तर समाजका प्रतिष्ठित व्यक्ति र महङगा सवारी साधन हाक्ने चालकले पनि आफ्नो अत्यावसेक तथा शोखको लागि साईकल किन्ने संस्कारको वानी वसाले त्यो हाम्रो लागि निकै खुसिको कुरा हो । जाईन्ट, एवन, हनिहण्टर, सनरन लगायतको साईकलको गण्डकी तथा धौलागिरीको मुख्य विक्रेता समेत रहेको चासिले सन्सले १२ हजार देखि ५ लाख मूल्य बराबरका माउन्टेन वाईक विक्रि वितरण गर्दै आएको जनाएको छ । उनले भने “यति वेला धेरै उपभोक्ताहरुले माउन्टेन वाईक किन्न खोजेका छन तर हामीसंग प्रर्याप्त मात्रमा माउन्टेन वाईक नभएकोले विदेशबाट मगाउदा अहिलेको मुल्य भन्दा केहि महङगो पर्ला जस्तो छ । ” पोखरामा चालिसे साईकल पसलले विगत २०२६ सालदेखि पोखरामा साईकलको विक्रि वितरणसंगै मर्मत गर्दै आएको हो ।

साईकल चढ्दा स्वास्थ्यलाई फाईदा पुग्छ भने वातारवणका दृष्टिले समेत निकै फाईदा जनक र ईन्धन आवश्यक नभएकोले पछिल्लो क्रममा पोखरामा साईकल चढ्नेहरुको संख्यामा बृद्धि हुदै आएको साईकल सिटि पोखराका उपाध्यक्ष तथा साईकल ल्याण्डका संचालक प्रकाश बज्रचार्जले बताए । उनको पसलमा पनि उपभोक्ताहरुले चाहे अनुसारको माउन्टेनवाईक छैनन । भएका केहि स्टक माउण्टेन वाईक नाकावन्दीको कारणले गर्दा १५÷२० दिन भित्रमै विक्रि भएको उनले बताए । उनले भने “ यो सिजन भनेको साईकल किन्नेको हो, नाकावन्दीको कारणले गर्दा धेरै उपभोक्ताले साईकल खोजेको कारणले हामीले धेरै साईकल स्टक राख्न नसकेको हुदा आज केहि उपभोक्तालाई खाली हात पठाउनु परेको छ ।” पोखरा लेकसाईडको द वाईक सप नेपालमा पनि हाल माउन्टेन वाईक उपभोक्ताहरु चाहे अनुसारका विभिन्न मोडलका माउन्टेन वाईक छैनन । द वाईक सप नेपालले साईकल प्रयोग कर्ता बढाउने पर्यटन प्रवद्र्धन गर्न हरेक बर्ष जसो जोमसोम, मुत्तिनाथ, माथिल्लो मुस्ताङ लगायतको क्षेत्रमा साईकल टुर कार्यक्रम आयोजना गर्दै आएको कर्मचारी भिम गैरेले बताए । लेकसाईडको अर्को साईकल पसल टाईगर माउण्टेन वाईक पसलमा भाडा समेत साईकल पाउन सकिन्छ । नाकावन्दी पछि दैनिक १३ वटा सम्म साईकल भाडामा जाने गरेको पसल संचालक नारायण बहादुर थापाले बताए । ५ लाख मुल्य बराबरको अमेरीकामा निमार्ण भएको नार्को माउण्टेन वाईक समेत आफ्नो पसलमा विक्रि वितरण गर्न राखिएको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button