कृषकद्धारा क्षेतिपुर्तिको माग

पोखरा ३० , असोज :
पोखराको कोल्ड स्टोरमै आलुको विउ कुहिए पछि मर्कामा परेका कृषकहरुले क्षेतिपुर्तिको माग गरेका छन । पश्चिमाञ्चल कोल्ड स्टोरेज प्रा.लि.मा आलुको विउ स्टोर गर्न राखेका कास्की लेखनाथ १२ ढुंगेपाटनका कृषकहरु मर्कामा परे पछि सुक्रबार उचित क्षेतिपुर्ति दिनुपर्ने माग राख्दै प्रा.लि.मा निवेदन समेत दिएका छन ।

ढुंगेपाटनका कृषक ईम बहादुर पुनले आफुहरुले २८ हजार रुपैया तिरेर राखेको उक्त परिणामको आलु हाल कुहिएको आलु दिएकोले आफुहरुलाई यस बर्ष आलु लगाउन ठुलो समस्या हुने गरेको गुनासो गर्र्दै उचित क्षेतिपुर्ति दिनुपर्ने माग गरेका छन । उनले भने “ हामीले स्टोरेजमा उचित क्षेतिपुर्ति उपलब्ध गराई पाँउ भन्दै निवेदन दिएका छौं, यदी हाम्रो उचित क्षेतिपुर्ति नदिएको खण्डमा हामी प्रशासन हुदै अन्य निकायमा क्षेतिपुर्ति उपलब्ध गराउन जाने छौं । ”

अर्को कृषक सुब्दार मनबहादुर गुरुङले आफुहरुले उक्त स्टोरमा ८३ वोरा आलु स्टोर गर्न शुल्क तिरेर राखे पनि हाल सवै जसो आलु कुहिएको दिएकोमा गुनासो गरे । उनले भने “हाम्रो आलु स्टोर गर्छु भनेर शुल्क लिने अहिले कुहिएको आलु दिने स्टोरले हाम्रो कुहिएको आलुको उचित क्षेतिपुर्ति दिनु पर्छ अन्यथा हामी आन्दोलन गछौं ।” उचित क्षतिपुर्ति उपलब्ध गराउन ढुंगेपाटनका करीब ३२ जना कृषकहरुले स्टोर र सम्बन्धित निकायसंग आग्रह गरेका छन ।

उक्त स्टोरका अध्यक्ष दिपक कोईरालाले आफुहरुले गत बर्ष देखि आलुमा विभिन्न प्रकारको रोग लागेको कारणले स्टोर गर्दा कुनै बस्तुको ग्यारेन्टी नलिने गरेकोले कुहिएको आलुको क्षतिपुर्ति दिन नसक्ने बताए । उनले भने “हामीले ग्यारेन्टी लिन सक्दौनौ भन्दा भन्दै उहाँहरुले स्टोर गर्न आग्रह गरे पछि स्टोर गरेका थियौ, तर आलुमा विभिन्न प्रकारको रोग लागेका कारणले गर्दा उक्त आलु कुहिएको हो ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button