पोखराले कहिले सम्म धान्ने कालो बजारीको तेलले ?

पोखरा, १२ कार्तिक:
हिजो आज अधिकाशंको दैनिकी जस्तै भएको छ कि पेट्रोलिय पदार्थ कसरी जोहो गर्ने भनेर । पोखरा क्षेत्रमा विगत डेढ महिनामा एक सातालाई पनि नपुग्ने पेट्रोलियम पदार्थ वितरण भए पनि करीब ४० प्रतिशत जसो सवारी साधनहरु निरन्तर संचालन भएकोे देखिन्छ । कालोबजारीको पेट्रोलिय पदार्थले गर्दा जेनतेन धानेका पोखरेलीले यसै गरी कतिन्जेल धान्लान यो निकै गम्भीर प्रश्न खडा भएको छ । तराई तथा मषेधमा भएको वन्द हड्ताल र विगत एक महिनादेखि भारतले नेपाल माथि गरेको नाकावन्दीको कारणले गर्दा सहज रुपमा पोखरामा पेट्रोलिय पदार्थ नपाए पछि हाल संचालन भएका अधिकाशं सवारी साधनहरु कालोबजारीको पेट्रोलिय पदार्थ प्रयोग हुदै आएको हो ।

विगत डेढ महिना देखि पोखरा क्षेत्रमा अभाव भएको पेट्रोलिय पदार्थ कास्की लेखनाथमा रहेको गगनगौडा डिपोले करीब एक सातालाई पुग्ने पनि पेट्रोलिय पदार्थ वितरण गरेको छैन भने हाल पोखरा क्षेत्रमा जेनतेन कालो बजारीको पेट्रोलिय पदार्थले सवारी साधनहरु चल्दै आएको व्यवसायीहरु बताउछन ।

ट्याक्सी व्यवसायी समिति पोखराका अध्यक्ष गान्दिराज गिरीले हाल आफुहरुका १५ प्रतिशत ट्याक्सीहरु संचालनमा आएको बताए । उनले भने “हामीले यात्रुलाई सेवा दिने उद्धेश्यले हाम्रा चालक साथीहरुले ३ सय ९० देखि ६ सय ९० रुपैयासम्म प्रति लिटर पेट्रोलको मुल्य तिरेर ट्याक्सी संचालन गरेका छन ।” समितिमा आवद्ध ३ हजार ५ सय ट्याक्सी रहे पनि हाल अधिकाशं ट्याक्सी थन्किएका छन भने कालोबजारीको मिसावट भएको पेट्रोलिय पदार्थ प्रयोग भएका आधा दर्जन जसो ट्याक्सी विग्रेर वर्कसपमा थन्कीएको अध्यक्ष गिरीले जनाए ।

भाडाका बिषयमा जब सम्म पेट्रोलिय पदार्थ सहज हुदैन तवसम्म भाडा दर घटाउन नसक्ने बताएका अध्यक्ष गिरीले आफुहरुले महङगो रुपमा किनेको पेट्रोलको आधारमा केहि मङगो भाडा दर परेको जनाए । पोखरा बस व्यवसायी समितिमा आवद्ध भएका माईक्रोवसहरुले कालोबजारीको पेट्रोलिय पदार्थबाट करीब ४५ प्रतिशत जसो वसारी साधनहरु संचालनमा ल्याएको समितिका कार्यालय प्रमुख उमाशंकर प्रजापतिले जनाए । समितिमा २ सय ५१ वटा माईक्रोवस आवद्ध रहेका छन ।

पृथ्बीराजमार्ग बस संचालक समितिका महासचिव योगेन्द्र केसीले बजामरा पेट्रोलिय पदार्थ अभाव भएको अबस्थामा पनि हाल समितिमा आवद्ध भएका ६० प्रतिशत जसो सवारी साधनहरु संचालनमा आएको बताए । उनले भने “हाम्रा १ हजार १ सय वटा सवारी साधन मध्य ५५ प्रतिशत जसो मिसावट युक्त कालोबजारीको पेट्रोलियम पदार्थ प्रयोग भएको छ । ” प्रतिलिटर डिजेलको मुल्य १ सय ५० देखि २ सय ५० रुपैयासम्म तिर्ने गरेको उनले बताए । यात्रुहरुलाई सेवा दिने उद्धेश्यले आफुहरुले नेपालगन्ज, विरगन्ज, भैरहवा लगायतका क्षेत्रबाट मधेषि तथा भारतीय मुलका नागरीकहरुबाट महङगोमा कालोबजारीको पेट्रोलिय पदार्थ किन्नु पर्ने आफुहरुको हाल बाध्यकारी अबस्था आएको महासचिव केसीले गुनासो गरे ।

क्युमा बसेर प्रति लिटर ८१ रुपैयामा पाएको डिजेलले एक दुई दिन पनि धान कठिन भएकोले आफुहरुले महङगोमा पेट्रोलिय पदार्थ किन्नु परेको उनले जनाए । पोखरा काठमाण्डांै लगायतका लामो दुरीमा चल्ने गाडीहरुलाई महङगो पेट्रोलिय पदार्थको आधारमा केहि शुल्क बढाए पनि दोब्बर भाडा नलिन उनले आग्रह गरेका छन । यदी कसैले दोब्बर भाडा लिएको पाएमा उनीहरुलाई आफुहरुले कार्रवाही गर्ने र प्रशासनले समेत कार्रवाही गर्नु पर्ने उनले जनाए । दैनिक जसो १५ हजार लिटर भन्दा बढी कालोबजारीको डिजेल खपत हुदै आएको समितिले जनाएको छ ।

नेपाल आयल निगम लेखनाथमा रहेको गगन गौंडा डिपोबाट असोजमा २ लाख ८० हजार पेट्रोल भारतबाट आए पनि डिपोले स्टक सहित ४ लाख ९२ हजार लिटर पेट्रोल पोखरा क्षेत्रमा वितरण गरेको छ । त्यसै गरी असोजमा ५ लाख ४८ हजार लिटर डिजेल भारतबाट आए पनि डिपोमा रहेको स्टक सहित १० लाख ५० हजार लिटर डिजेल वितरण गरेको डिपोका कार्यालय प्रमुख मनोज ठाकुरले बताए । कार्तिक १ र २ गते गरी पोखरा क्षेत्रमा १ लाख ३९ हजार लिटर डिजेल वितरण भएको छ भने १ लाख ४० हजार लिटर पेट्रोल वितरण भएको ठाकुरले जनाए । डिपोमा पछिल्लो क्रममा एक दिनलाई पनि वितरण गर्न नपुग्ने पेट्रोल र डिजेल आएको छ ।

गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका महासचिव राजन गोगंजुले पोखरामा क्षेत्रमा केहि मात्रमा कालोबजारीको पेट्रोलिय पदार्थ प्रयोग भए पनि अधिकाशं भने संचित भएको पेट्रोलिय पदार्थ प्रयोग भएको बताए । उनका अनुसार भोलि सुक्रबार पोखरा क्षेत्रमा पेट्रोल वितरण हुदै छ । लेखनाथमा एक र पोखराका ४ वटा पम्पबाट पेट्रोल वितरण हुने भएको हो । यस पटक देखि पेट्रोल पदार्थ वितरण दिउँसो हुने र मात्रा समेत घटाइएको छ । स्कुटरलाई २ सय मोटरसाईकललाई ३ सय र निजी गाडीलाई ७ सयको मात्र पेट्रोल दिने निर्णय समेत भएको महासचिव गंगजुले बताए ।

कालोबजारीको पेट्रोलिय पदार्थ कालो प्लेटका सार्वजरीक भाडाका सवारी साधन देखि दुई पांग्रे निजी सवारी हुदै कारसम्मका सवारी साधनहरुले प्रयोग गर्दै आएका छन । सामान्य अबस्थामा पोखरा क्षेत्रमा दैनिक ७० देखि ८० हजार लिटर पेट्रोल र एक लाख ७० हजार लिटर डिजेलको खपत हुदै आएको गंगजुले जनाए । पोखरा क्षेत्रमा कालोबजारीको पेट्रोलिय पदार्थको कारोवार हुदा कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले नयाँ संविधानले कालोबजारीको क्षेत्र अधिकार अदालतलाई दिएकोले यस विषयमा आफ्नो कार्य क्षेत्र नपरेको जनाए । पोखरामा घरमा पेट्रोल स्टक राखेर प्रयोग गर्न खोज्दा द्ुई जनाको ज्यान गएको छ भने कालोबजारी गर्ने ७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक देवि पौडेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button