पोखरामा भोलि (शुक्रबार) पेट्रोल र डिजेल वितरण हुने – पम्पको नामावली सहित

पोखरा, १२ कार्तिक
पोखरामा भोलि सुक्रबार पेट्रोल तथा डिजेल वितरण हुने भएको छ । चक्रिए प्रणाली अनुसार सुक्रबार लेखनाथ सहित पोखराका ५ वटा पम्पबाट पेट्रोल वितरण हुने भएको छ भने त्यसै गरी ११ वटा पम्पबाट डिजेल वितरण हुने भएको गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका महासचिव राजन गोगंजुले बताए । सुक्रबार लेखनाथ सहित पोखरा क्षेत्रमा ३० हजार लिटर पेट्रोल र ६६ हजार लिटर डिजेल वितरण हुने तयारी भएको हो । गगनगौडाको वेलकम आयल स्टोर्स, पोखराको बुद्धाचोकमा रहेको साझा पेट्रोल पम्प, पार्दीको जगदम्बा आयल स्टोर्स, रानीपौवाको रानीपौवा आयल स्टोर्स, र बागलुङ वसपार्कको सागर आयल स्टोर्सबाट पेट्रोल वितरण हुने भएको महासचिव गंगजुले जनाए । उनका अनुसार पेट्रोल वितरण हुने सवै पम्पबाट ६ हजार लिटरका दरले दिउँसो एकै समय एक बजे देखि वितरण हुने भएको छ ।

यस पटक देखि पेट्रोल पदार्थ वितरण दिउँसो हुने र मात्रा समेत घटाइएको छ । स्कुटरलाई २ सय मोटरसाईकललाई ३ सय र ट्याक्सी तथा निजी गाडीलाई ७ सयको मात्र पेट्रोल दिने निर्णय समेत भएको महासचिव गंगजुले बताए । त्यसै लेखनाथको शुभ जगदम्बा, बुढीबजारको ईन्द्रज्योति, पोखरा चाउथेको डि.आर., बुद्धचोकको मनकामना, पुरानो वसपार्कको पंचरत्न, पृथ्बीचोकको हिमालयन, विरौटाको अन्नपुर्ण, नयाँबजारको बृहस्पति, मासवारको बराल, मालेपाटनको विश्वास र हरीचोकको लान्द्रुक आयल स्टोर्सबाट डिजेल वितरण हुने भएको छ ।

वितरण हुने हरेक पम्पबाट ६ हजारका दरले दिउसो वितरण हुने भएको छ । गंगजुका अनुसार ठुलो वसलाई ५ हजार, सोनो वसलाई ३ हजार ५ सय, माईक्रोवसलाई २ हजार, खाद्य ढुवानीको गाडीलाई ८ हजार, खाद्य ढुवानी मिनि ट्रकलाई ५ हजार, स्थानीय भेन तथा पिकअफलाई एक हजार, सरकारी तथा संस्थानका गाडीलाई एक हजार ५ सय, र पानी र दुध गाडीलाइ ३ हजारको डिजेल वितरण हुने भएको छ । कालिका फ्उिल स्टेसनबाट अत्यावसेक सेवाको लागि डिजेल वितरण हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button