एलपी ग्यासको माग गर्दै उपभोक्ताद्धारा लेखनाथमा प्रदर्शन

पोखरा, १३ कात्तिक:
कास्कीको लेखनाथमा स्थानीय उपभोक्ताहरुले खाना पाकाउने एलपी ग्याँस माग्दै शुक्रबार प्रदर्शन गरेका छन् । ग्याँसको २ वटा बुलेट आईसक्दा पनि वितरण गर्न ढिलाई गरेको भन्दै उनीहरुले प्रर्दशन गरेका हुन । उपभोक्ताहरुले ग्यास माग्दै स्थानियले गृहलक्ष्मी ग्यास उद्योग गगनगौंडा अगाडी प्रदर्शन गरेको स्थानीयले जनाए ।

ग्यासको रित्तो सिलिण्डर लिएर शुक्रबार विहान झिसमिसे देखिनै लाईन् लागेका उनीहरुलाई प्रहरीले लाईन्मा नबस्न आग्रह गर्दै त्यहाँबाट हटाएका थिए । लाईन् लागेकालाई प्रहरीले हटाएपछि आक्रोसित उनीहरुले दिउँसो करिब साढे १२ बजेदेखी आधा घण्टा पूर्व पश्चिम राजमार्गमा चक्काजाम समेत गरे । चक्काजामका कारण यातायात आवागमन अबरुद्ध हुँदा कयौं यात्रुहरु बिच बाटोमै अलपत्र परेका थिए ।

चक्काजामका कारण यातायात अबरुद्ध हुँदा यात्रुहरु मर्कामा परेपछि प्रहरीले बल प्रयोग गरेर अबरुद्ध सडक खुलाएको थियो । अबरुद्ध सडक खुलाउने क्रममा प्रदर्शनकारीले ढुङ्गा समेत प्रहार गरेको प्रहरी निरिक्षक गंगा थापाले जानकारी दिए ।

यसैबीच, पोखरामा अझै केही दिन ग्यास वितरण नहुने भएको छ । गृहलक्ष्मीको २ बुलेट ग्यास आएपनि थप ग्यास नआएपछि वितरण गर्न ढिलाई हुने भएको हो ।उपभोक्ताको मागको तुलनामा अत्यन्त न्यून ग्यास मात्रै भएकाले थप केही बुलेट ग्यास ल्याएर मात्रै वितरण गर्ने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । ग्यास वितरणको हल्ला चलाएर डिलरहरुमा रित्तो सिलिण्डर लिएर लाईन् लागेको पाइएको भन्दै प्रशासनले त्यसरी हल्लाको पछि लागेर लाईन् नलाग्न आग्रह समेत गरेको छ ।

थप ग्यास लिनका लागि भैरहवा नाकामा उद्योगीहरु पुगेकाले केही दिनमा ग्यास भित्रिएपछि मात्रै ग्यास वितरण गर्न सकिने ग्यास विक्रेता महासंघ कास्कीका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण करिब डेढ महिनादेखी पोखरामा ग्यास वितरण भएको छैन भने सर्वसाधारणहरु ग्यास सिद्धिएर दाउरामा खाना पकाउन बाध्य भएका छन् । ग्याँसको विकल्पमा पोखरा र लेखनाथ क्षेत्रमा भूसे चुल्हो त था दाउराबाट खान पकाउदै आएका उपभोक्त निकै मागरमा परेका छन भने होटल तथा रेष्टुरेण्ट केहि वन्द भएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button