४४ हजार पेट्रोल र ७५ हजार डिजेल वितरण हुदै

समाचारकक्ष
पोखरा, १६ कार्तिक

पोखरामा आज मंगलबार पेट्रोल तथा डिजेल वितरण हुने भएको छ । चक्रिए प्रणाली अनुसार लेखनाथ सहित पोखराका ९ वटा पेट्रोल पम्पबाट पेट्रोल र ११ वटा पम्पबाट डिजेल वितरण हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

पोखरा र लेखनाथमा गरेर ४४ हजार पेट्रोल र ७५ हजार डिजेल वितरण गर्न लागिएको हो । नेपाल आयल निगम गगनगौंडा डिपोका अनुसार स्याङजामा ३ हजार लिटर पेट्रोल वितरण गरिने छ । पश्चिमाञ्चल टेड्स लेखनाथ, जुपिटर टेड्स विजयपुर, गण्डकी पेट्रोलियम, कमला आयल स्टोर्स, कालिका फ्यूल सेन्टर, अटो क्लीन, न्यु विवेक, उत्तम आयल र थापा आयल स्टोर्स हेम्जाबाट पेट्रोल वितरण गरिनेछ । मोटरसाईकललाई ४ सय र स्कुटरलाई ३ सय र ट्याक्सी तथा निजीकारलाई १ हजारको मात्र पेट्रोल दिने निर्णय भएको छ ।

विन्धवासिनी आयल स्टोर्स लेखनाथ, पृथ्वीराज मार्ग पेट्रोल प्रालि लेखनाथ, ओम पेट्रोल पम्प, नमिता टेड्स, शारदा आयल, नेशलन टेर्डिङ, विएस आयल, कालिका पेट्रोल, कालिका फ्यूल स्टेसन, पराजुली आयल स्टोर्स र जयबुद्ध आयल स्टोर्सबाट डिजेल वितरण गरिनेछ । नेशनल ट्रेडिङबाट लामो रुटको यात्रु बसको लागि मात्र डिजेल वितरण गरिनेछ ।

प्रशासनका अनुसार ठुलो बसलाई ३ हजार, सानो बस २ हजार ५ सय, माइक्रो बस २ हजार, खाद्यान्न ढुवानी ठुला मालवहाक ४ हजार, खाद्यान्न ढुवानी मिनी ट्रक ३ हजार, स्थानीय ढुवानी पिकअप भ्यान, जीप १ हजार, सरकारी तथा सार्वजनिक संस्थानका गाडीहरु १ हजार ५ सय, एम्बुलेन्स÷शव बहान १ हजार ५ सय बराबरको डिजेल वितरण गरिनेछ ।कालिका फ्यूल स्टेसनबाट अत्यावश्यक सेवाको लागि पेट्रोल र डिजेल वितरण हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button