२८ करोडको लागतमा ५० रोपनी क्षेत्रफलमा पभीलिअन्स हिमालयन रिसोर्ट

पोखरा १९, कार्तिक
पोखरा क्षेत्रमा आउने गुणस्तरीय पर्यटकहरुलाई लक्षित हुने गरी शान्त रहेको पोखरा २५ चिसापानी फुर्सेखोलामा २८ करोडको लागतमा वातावरण मैत्री एक रिसोर्ट संचालनमा आएको छ । रिसोर्ट संचालक डगलस मेक्लागनले रिसोर्टबाट आम्दानी भएको हाल ५० प्रतिशत जसो सामाजिक क्षेत्रमै पहलिो चरणमा खर्च गर्ने घोषणा गरेका छन । उनले भने “हामी नाङगै आएको हो, नाङगै जाने हो, जहाँ जे जसरी बस्छौं त्यही अबस्थामा आफुले सकेको मावनीय सेवा गर्न सके हामी मरेर गए पनि अम्मर रहन सकिन्छ ।”

पभीलिअन्स हिमालयन प्रालिले वातावरण मैत्री बुटिक रिसोर्ट हालै संचालनमा ल्याएको उक्त रिसोर्टमा कृतिम ईन्धन÷श्रोतको प्रयोग बिनै वातावरण मैत्री रुपले वातावरण अनुकुलित हुने सामाग्रि ईन्सुलेसन प्रयोग भएको  मेक्लागनले बताए । उनले भने “हामीले नेपालमा भएको धेरै समस्याहरुको माझमा आफु आत्मनिर्भर भएर पनि विश्वका जनतालाई सेवा दिन सक्छौं भनेर नेपाललाई नयाँ सन्देश दिदै यस्तो रिसोर्ट संचालन गरेका हौं ।” देशमा पटक पटक हुने गरेको उर्जा संकट र लोड सेडिङको माग खेपेका देशका अधिकाश होटल तथा रेष्टुरेण्टहरुको माझमा पोखरामा एउटा उदाहरणीय रिसोर्ट संचालनमा आएको उनले दाबी गरे ।

५० रोपनी क्षेत्रफलमा फैलिएकोे रिसोर्ट पोखरा एयरपोर्ट देखि करीब २० मिनेटको सवारी साधनबाट दक्षिण पश्चिम ६ कलिोमिटर दुरीमा पर्दछ भने रिसोर्टमा १५ वटा छुट्टा छुट्टै १५ वटा भिला रहेका छन । करीब दुई बर्षमा निमार्ण भएको उक्त रिसोर्टमा अधिकाशं परम्परागत शैलिमा निमार्ण भएको छ भने बिद्युत र खान पकाउने एलपी ग्याँसको विकल्पमा सौर्य उर्जा र वायो ग्याँसलाई अधिक प्रयोग गरीएको छ । रिसोर्टबाट निस्केको कुनै पनि फोहोर बस्तुलाई पुनः प्रयोग हुने गरी उर्जा उत्पादनमा प्रयोग भएको मेक्लागनले बताए । रिसोर्टमा परम्परागत कृषि खेति देखि आधुनिक फलफुल तरकारी तथा अन्नवाली उत्पादन हुनुको साथै पशु पालन समेत रहेको छ । उक्त रिसोर्टमा नेपाली ईन्सुवा तामाङ सहित बिदेशी लगानी रहेको छ । रिसोर्टमा हाल १७ जना स्थानीयले सहित करीब  ४० जनाले प्रत्यक्ष रोजगार पाएका छन ।

वेलायतबाट नेपालमा विगत दुई दशक भन्दा लामो समय बस्दै आएका मेक्लागनले कास्की सैमराङ निवासी ईन्सुवा तामाङसंग बैबाहिक सम्बन्धमा प्रबेस गरे त्यस पछि नेपालमै केहि गरेर देखाउन लागि परेका हुन । केही बर्ष अघि देखि उनले फुर्सेखोला फार्म समेत संचालन गर्दै उन्नत जातको फलफुल तथा तरकारी उत्पादन गर्दै आएका थिए । नेपालमा परिर्वतन गराउन चाहेको बताएका मेक्लागनले केहि समय पछि उक्त रिसोर्टको ७० प्रतिशत आम्दानी सामाजिक क्षेत्रमा खर्चने र ३० प्रतिशत मात्र आफ्नो लगानीको प्रतिफलमा सन्तुलन गर्ने उनले जनाए ।

उनले भने “नेपालमा पटक पटक वन्द हुनाले होटल तथा रेष्टुरेण्टहरुलाई धेरै समस्या आउने गरेको छ तर हामीलाई त्यस्तै समस्या हुदैन हाम्रो रिसोर्टले आफ्नै वारीमा उत्पादन भएको चामल देखि मासुसम्म खान पाईन्छ, तर पर्यटकहरु रिसोर्ट स्थलसम आउन भने समस्या हुने छ । ” पर्यटन क्षेत्रमा आफुहरुले नयाँ पन दिन खोजेको बताएका उनले आफ्नो रिसोर्ट नेपालकै एक उदाहरणीय र एसीयाकै उत्कृष्ट मध्यको एक रिसोर्ट भएको दाबी गरे ।

पारिवारीक रिसोर्ट समेत भएकोले उक्त रिसोर्टमा हाल युरोप, अमेरीका लगायतका गुणस्तरका पर्यटकहरु अनलाईन बुकिङबाटै आउन थालेको प्रमुख वित्त अधिकृत दिपेन्द्र पोखरेलले बताए । एक रातको एक भिला (रुम) को २ सय ५० अमेरीकी डलर रहेको उनले जनाए । यसमा नेपालीको लागि हाल छुट्टै प्याकेज ल्याउने तयारी गरेको समेत उनले जनाए ।

उक्त रिसोर्टका हरेक भिलामा वातावरण अनुकुल वनाउन बिद्युत जडित एसि आवश्यक नहुने गरी शतप्रतिशत सोलारबाट ईन्सुलेसनको प्रयोग भएको आर्किटेक्चर एलेक्स श्रेष्ठले बताए । कोठाको भिक्ता देखि भुईसम्म ईन्सुलेसन प्रयोग भएकोले कोठा भित्रको तापक्रम २३ डिग्री देखि २३ दशमलव ५ डिग्रीसम्म हुने गरेको उनले दाबी गरे । सोलारबाट ३० केभि क्षेमताको उर्जा उत्पादन हुने गरेको बताएका प्राविधिक श्रेष्ठले ५÷७ वटा सिलिण्डर ग्याँस बराबरको वायोबाट ग्याँस उत्पादन हुने गरेको जनाए ।

नेपालमा रहेको उक्त रिसोर्ट सहित ७ वटा पेभिल्यानका अध्यक्ष समेत रहेका गोडनले वातावरणीय वुटिक उक्त रिसोर्ट एड्भेन्चर पेवील्यान रिसोर्ट भएको बताए । उनले भने “जन्म थलो वेलायत भएर नेपाललाई कर्मथलो बनाएका मेक्लागन हामी सवैका एक उदाहरण पात्र भएका छन, उनीले रिसोर्टबाट मुनाफा कमाउनु भन्दा गुणस्तर सेवा दिने र सेवाबाट बचन भएको रकम समाजिक क्षेत्रमा लगानी गर्ने जुन योजना छ त्यो हामी सवैको लागि प्रेरणाका श्रोत हुन सक्छन । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button