सागर थापासहितका आरोपीलाई विशेष अदालतमा मुद्दा दायर – जन्मकैदको माग

काठमाडौं–२२

म्याच फिक्सिङको अभियोगमा पक्राउ परेका तत्कालिन नेपाली राष्ट्रिय टोलीका कम्तान सागर थापासहितका रितेश थापा, सन्दिप राई र विकाससिंह क्षेत्री तथा प्रशिक्षक एवम् पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी विरुद्ध  विषेश अदालतमा मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्व विषेश सरकारी वकिल मार्फत जिल्ला न्यायाधिवक्ताको कार्यालयले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

यसरी दर्ता गरिएको मुद्धामा राज्यविरुद्धको सजायसम्वन्धी ऐनको दफा ३ को उपदफा १ अनुसारको सजाय मागिएको छ । यदि उनीहरु विरुद्धको अभियोग पुष्टि भएमा जन्मकैद हुनसक्छ ।

विभिन्न अन्तराष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा प्रहरीले गत असोज २७ गते कप्तान थापा सहित रितेश थापा, सन्दिप राई, पुर्व खेलाडी विकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई  पक्राउ गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button