सार्वजनीक गाडीहरुमा एक हप्ता पछि ३० प्रतिशतले भाडा बृद्धि हुने

दिननाथ बराल

पोखरा , २९ कार्तिक-

कोटा प्रणालीबाट पेट्रोलिय पदार्थ उपलब्ध गराउन नसके सार्वजनीक भाडाका गाडीहरुमा आगामी एक हप्ता पछि ३० प्रतिशतले भाडादर बृद्धि गर्ने  यातयात व्यावसायीहरुले तयारी गरेका छन ।

यातयात व्याबस्था विभाग र प्रशासनले सार्वजनीक भाडाका सवारी साधनहरुलाई सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन कुनै चासो नदिएकोले आफुहरुले बाध्य भएर कालोबजारीको मिसावट युक्त महङगो शुल्क तिरेर पेट्रोलिय पदार्थ प्रयोग गरेकोले ३० प्रतिशत भाडादर बृद्धि गर्न लागेको नेपाल यातयात व्यावसायी राष्ट्रिय महासंघ पश्चिमाञ्चल क्षेत्रिय संयोजक धर्मराज अधिकारीले बताए । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने “सरकारले हवाई ईन्धन अभावमा हवाई भाडा दरमा ३० प्रतिशत बृद्धि गर्न स्वीकृति दिएको अबस्थामा यातयात क्षेत्रमा पनि व्यावसायीहरुले जोखिम मोलेर यात्रुलाई सेवा दिदै आएको कुरा मनन गरेर कि हामीलाई पनि यातयात भाडादरमा बृद्धि गर्नु पर्यो अन्यथा सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउनु पर्दछ ।” एक हप्ता भित्रमा सरकारले कोटा प्रणाालीबाट भए पनि यातयात व्यावसायीहरुलाई सहज रुपमा पेट्रोलिय पदार्थ उपलब्ध गराउन नसके देश भरीका सार्वजनीक भाडाका सवारीसाधनहरुमा ३० प्रतिशतले भाडा दर एक्लौटि ढंगले आफुहरुले बाध्य भएर बृद्धि गर्न लागेको संयोजक अधिकारीले जनाए ।

दुई महिना देखि भारतले नेपाल माथि नाकावन्दी गरेकोले गण्डकी तथा धौलागिरी क्षेत्रमा १५ दिनमा पनि एक पटक पेट्रोलिय पदार्थ उपलब्ध गराउन नसकेकोले आफुहरुले आफ्नो व्यवसायको संरक्षण गरी यात्रुहरुलाई सेवा दिने उद्धेश्यले तीन ÷चार गुणा महङगोमा पेट्रोलिय पदार्थ किनेर नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ–दिपावलीको अवसरमा सेवा दिदै आएको उनले जनाए । उनले भने “पश्चिम क्षेत्रमा अत्यावसेक क्षेत्रको लागि भनेर वितरण भएको पेट्रोलिय पदार्थ समेत केहि मात्रमा दुरुपयोग भएको छ, प्रशासन र गण्डकी धौलागिरी पेट्रोलिय डिलर्स एशोसिएसनले यातयात व्यावसायीहरुसंग समन्वयन नगरेकोले भएको केहि पेट्रोलिय पदार्थ समेत वितरण हुन सकेको छैन । ” उनका अनुसार गण्डकी तथा धौलागिरी क्षेत्रमा वस ट्रक सहितका ११ हजार सार्वजनीक भाडाका सवारी साधनहरु रहेका छन । पृथ्बीराजमार्ग बस संचालक समितिको कार्यालयमा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष एवं गण्डकी धौलागिरी सार्वजनीक यातयात समन्वय समितिका बरिष्ठ उपाध्यक्ष एन क्ुमार साईले पृथ्बीराजमार्ग अन्र्तगतका सवारी साधनहरु हाल ५० प्रतिशत जसो गाडीहरु संचालन गरी यात्रुहरुलाई दशैं तथा तिहारको अवसरमा सेवा दिएको दाबी गरे । प्रति लिटर ८१ रुपैयाको डिजेलको मुल्यमा आफ्ना व्यावसायीहरुले २ सय देखि ३ सय सम्म कालोबजारीयाको मिसावट युक्त पेट्रोलिय पदार्थ प्रयोग गर्दा केहि गाडीहरुमा समस्या समेत आएको उनले गुनासो गरे । यस्तो अबस्थामा यातयात भाडा दर बृद्धि नगरी सवारी साधनहरु संचालन गर्न नसक्ने अबस्थामा पुगेको उनले जनाए ।

पृथ्बीराजमार्ग बस संचालक समितिका महासचिव योगेन्द्र केसीले समितिमा आवद्ध भएका करीब १२ सय गाडीहरु मध्य गण्डकी तथा धौलागिरीमा ८ सय र देशका अन्य क्षेत्रमा ४ सय गाडी संचालनमा आएको बताए । दैनिक जसो ३ सय ५० वटा गाडीहरु लामो तथा छोटो दुरीमा संचालनमा आउदा हरेक दिन २५ हजार ७ सय ५५ लिटर पेट्रोलिय पदार्थ (डिजेल÷पेट्रोल) आवश्यक भएको महासचिव केसीले जनाए । उनका अनुसार पोखरा काठमाण्डौ जानको लागि एउटा यात्रु वाहक वसलाई एक सय २० लिटर सम्म पेट्रोलिय पदार्थ आवश्यक पर्दछ । पोखराबाट काठमाण्डौसम्म हाल आफुहरुले एक सय रुपैयासम्म बढी लिने गरेको त्यो भन्दा कसैले बढी लिएको खण्डमा कार्रवाहीको दायरामा ल्याउन आफुहरुले समेत सहयोग गर्ने उनले जनाए ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीले कुनै पनि यातयात व्यावसायीहरुले यो अबस्थामा भाडा बृद्धि गर्नु अवैधानिक भएको बताए । यातयात व्यवस्था विभागले तोकेको भाडा दर भन्दा बढी शुल्क लिएको खण्डमा यो अवैधानिक भएको उनले जनाए । यातयात व्यावसायीहरुले कसको निर्देशनमा भाडा दर बृद्धि गर्दै छन त्यसको बारेमा आफुहरुलाई कुनै जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । लेखनाथमा रहेको गगन गौडा डिपोेका प्रमुख मनोज ठाकुरले भारतबाट सहज रुपमा पेट्रोलिय पदार्थ आपुर्ति हुन नसक्दा आफुहरुले चाहेर पनि उपभोक्ताहरुलाई पेट्रोलिय पदार्थ दिन नसकेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button