पोखराका मुख्य तीन ठाँउमा छठ पूजा गर्न भक्तजनहरुको भिड

पोखरा १, मंसिर-

छठ पर्वको मूख्य दिन आज पोखरामा पनि अस्ताउदो सुर्यलई अर्घ दिई यो पर्वधुमधामका साथ मनाईएको छ । पोखराका मूख्य तीन ठाँउ त्रिवेणी घाट(कालिखोला), केदारेश्वर मन्दिर परिसर फेवातालको किनारा र नारायणथानमन्दीर परिसरमा सजिसजावटका साथ सुर्यका भक्तहरुको मंगलबार दिउसो देखिभिडभाड सुरु भएको छ । सुर्यका भक्तहरुले सष्टीको दिनमा आज अस्ताउदोसुर्यलाई अर्घ दिई यो पर्व मनाउदै छन भने भोलि बुधबार उदाउदो सुर्यलाईअर्घ दिईन्छ ।

केहि बर्ष देखि पोखरामा व्यबस्थीत रुपमा छठ पर्व मनाउन थाले पछि यस पर्वमापोखरामा पनि छुट्टै रौनक हुदै आएको छ । विगतका बर्ष देखि छठ पुजापोखराका विभन्नि स्थानमा मनाउदै आएको भए पनि यस बर्ष देखि त्रिवेणी घाट(कालिखोला) मा पनि धुमधामका साथ यो पर्व मनाउदै गरेको त्रिवेणी घाट छठपुजा समितिका अध्यक्ष देवनारायण सुतीहारले बताए । उनका अनुसार पोखराकापरिसरमा छठ पर्व हर्स उल्लाहसका साथ मनाईदै छ । पोखराको नारायणथान मन्दीरनजिकको नहरमा विगत ३ दशक लामो समयदेखि छठ पर्व मनाउदै आए पनि यस बर्षसो क्षेत्रमा भौतिक संरचना निमार्ण भएकोले आफुहरुले दिगो रुपमा संचालनहुने गरी सेतीनदी किनार कालीखोला क्षेत्रमा छठ पर्व मनाउने भएको अध्यक्षसुतीहारले बताए । छठको पुजा गर्न पुजा स्थालका घाटहरुमा केराको खामसहितको सजिसजावट भई झिली मिली पारीएको छ ।

पोखरामा पछिल्ला बर्ष देखि मधेषि, तराई तथा केहि पहाडी मुलका मानिसहरुलेसमेत छठ पर्व मनाउन थालेका छन । छठको पहिलो दिनमा उनीहरुले आ–आफ्नोघर घरमा सरसफाई गरी नुहाएर चोखो मिठो खाएर छठ पर्व मनाउने गर्दछन ।पोखरामा व्यवस्थीत रुपमा छठ पुजा गर्न थाले पछि पहाडी मुलका मानिसहरुले समेतछठ पुजा गर्न थालेको अध्यक्ष सुतीहारले बताए । उनीहरुले केराको खम्मा, उखु,अदुवा, भोगटे, सुन्तला लगायतका फलफुलका वोटहरु सजावट गरेका छन ।सुर्यलाई भगवानको प्रतिको रुपमा पुजा गर्ने भक्तहरुले आफ्नो मनोकाक्षापुरा हुने धार्मिक विश्वासका साथ उनीहरु पुजा आज गर्न जुट्ने गर्दछन ।

मधेषि तथा तराई मुलका मानिसहरुको महान चार्ड छठ पर्व पोखरामा मनाउन थालेपछि पछिल्लो क्रममा करीब ७५ प्रतिशत छठीमायीका भक्तहरुले पोखरामै पुजा आजगर्न थालेको सुहारले जनाए । यस बर्ष नेपाल माथि भारतले नाकावन्दी गरेरअत्यावसेक बस्तुमा रोक लगाएको कारणले गर्दा अधिकाशंले पोखरामै छठ पर्वमनाउदै गरेको उनले जनाए । फेवातालको किनार केदारेश्वर महादेवमणि मन्दिरपरिसरमा पछिल्ला बर्षदेखि व्यबस्थीत रुपमा छठ पर्व हर्स उल्लाहासका साथ मनाउनथाले पछि पोखरा क्षेत्रमा रहेका सुर्यका भक्तहरु करीब ७५ प्रतिशत पोखरामैमनाउन थालेका बताईन्छ । छठका भत्तालुहरुले छठ पर्वको पहिलो दिन चतुर्थीमानुहाई धुवाई घर आगँन सरसफाई गरी चोखो खाने प्रचलन रहेको छ । छठपर्वको दोश्रो दिन पञ्चमीमा दिनभरी निराहव्रत(उपवास) बसी साँझ छठ मायीकोपुजा गरी सुर्यलाई निम्तो दिईन्छ । सष्ठीमा अस्ताउदो सुर्यलाई अर्घ दिनेगरीन्छ भने विभिन्न फलफुल, कन्दमुल, ठेकुवा, कसार लगायतका सामाग्रिकोसाथमा सुर्यका भक्तहरुले पुजा गर्ने गर्दछन । सप्तमीमा भने उदाउदो सुर्यलाईअर्घ दिने प्रचलन रहेको छ । छष्ठीमा नेपाल सरकारले सार्वजनिक विदा समेत दिने
गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button