ग्याँस पाउने आसमा सयौंं पोखरेली उपभोक्ता लाईन

पोखरा, ३ मंसिर-

ग्याँस वितरण हुने मिति निस्चित नहुदा पनि पोखरेली उपभोक्ताहरु खाना पकाउने एल.पी. ग्याँस पाउने आसमा सयौं लाईना बसेका छन । कास्कीमा भएको केहि ग्याँस पनि उचित समयमा वितरण हुन नसक्दा उपभोक्ताहरुले ग्याँस पाउने आसमा रात दिन लाईनमा बस्न थालेको हुन ।

भारतले नेपाल माथि नकावन्दी गरेको कारणले ग्याँसको चरम अभाव भए पछि आत्तिएका उपभोक्ताहरु केहि ग्याँसका वुलेटहरु कास्की भित्रिएसंगै उनीहरु अहोरात्र लाईनमा वस्दै आएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले बताए । उनले भने “अझै एक दुई दिन ग्याँस वितरण हुने सम्भावना छैन आम उपभोक्ताहरु ग्याँस वितरण गर्नु अघि नै यसरी लाईनमा नवस्नु होला । ”gas2

तिहार पर्व अघि पोखराको प्रदर्शनी केन्द्रबाट पोखरा क्षेत्रको लागि गृह लक्ष्मीको ४ हजार ५ सय वटा आधा ग्याँस सिलिण्डर वितरण पनि पुनः सोहि क्षेत्रमा वितरण हुने आसामा उपभोक्ताहरु ग्याँसको लाईनमा बस्न थालेको कोईरालाले जनाए । कास्कीमा भएको स्टक ग्याँस समयमै वितरण हुन नसक्दा पोखरेली उपभोक्ताहरुले दुख पाएको पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले बताए । ग्यास बाँढ्ने हल्ला चलेपछि पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा करीब ३ किलोमिटर लाइन् लागेको अवस्थामा ग्यास उद्योगहरुले पोखरामा तत्काल ग्यास बाँढ्ने योजना नरहेको जनाएको छ ।

शक्ति ग्यास उद्योगका कार्यालय प्रमुख मेघराज पौडेलले पोखरामा अहिलेसम्म एउटा बुलेट मात्रै भित्रिएको र कम्तिमा थप २÷३ वटा बुलेट नभित्री ग्यास बाँढ्न नसकिने बताए । उनले भने “शक्ति र गृहलक्ष्मीको २÷२ वटा बुलेट नाकामै रोकिएकाले तत्काल ग्यास बाँढ्ने सम्भावना कम छ । ” ग्यास बाँढ्ने हल्लाको भरमा प्रदर्शनी केन्द्र लगायतका ठाउँमा लामो लाइन् लागेर दुख नपाउन उनले आग्रह गरे ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय कास्कीले पनि तत्काल ग्यास वितरण गर्ने योजना नरहेको जनाएको छ । प्रशासनले सूचना जारी गरेरै ग्यास वितरणको जानकारी गराइने भएकाले हल्लाको भरमा लाइन नलाग्न कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले आग्रह गरे । गएरातीदेखी प्रदर्शनी केन्द्रमा लामो लाइन् लागेको छ । प्रदर्शनी केन्द्रदेखी लागेको लाइन् माछापुच्छ्रे वैंक, सहारा क्लव भवन हुँदै पुरानो बसपार्क तलबाट पुनः यातायात कार्यालय सम्म पुगेको छ । केहिले ग्याँस वितरण नहुने जानकारी प्राप्त गरे पछि फर्किन पनि केहि भने लाईनमै वस्दै आएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button