राष्ट्रिय धर्मसभा कास्कीमा गिरी

पोखरा,५ मंसिर-
नेपाललाई सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र बनाउने उद्देश्यसहित स्थापित राष्ट्रिय धर्मसभा नेपाल जिल्ला कार्यसमिति कास्कीको शनिबार सम्पन्न भेलाले ठूलो टेकन गिरीलाई अध्यक्षमा चयन गरेको छ । अध्यक्ष गिरी पोखराको यातायात व्यवसाय तथा विभिन्न धार्मिक एवं सामाजिक संघ–संस्थामा आवद्ध छन् । समितिको उपाध्यक्षमा भागवत वाचक पं.दीपक सापकोटा, सचिवमा रामनाथ अधिकारी ‘संगी’, सह–सचिवमा हरि पन्त, कोषाध्यक्षमा ठाकुर बरा चयन भएका छन् । यसैगरी कार्यसमितिको सदस्यहरुमा वेदनीधि शर्मा, केशवराज भण्डारी, केदारनाथ पौडेल, दुर्गादेवी पौडेल, बुद्धलक्ष्मी श्रेष्ठ, रीता लामिछाने, लिलाजंग राणा, खरिलाल पौडेल, ज्यो. हीरा कस्यप, दीलिप राइ, तेजराज भण्डारी रहेका छन् ।
यसैगरी समितिको प्रमुख सल्लाहकारमा तारानाथ शर्मा पौडेल र सदस्यहरुमा गोविन्दबहादुर केसी, तीर्थराज पौडेल, गणेश बहादुर श्रेष्ठ, जितबहादुर गुरुङ चयन भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button