सुगम सङ्गीत यात्राको पाँचौँ शृङ्खला शान्ति वनमा

पोखरा, मङ्सिर ५ गते –
पोखराबाट सञ्चालित सुगम सङ्गीत यात्राको पाँचौँ शृङ्खला पोखराको शान्ति वन वाटिकामा सम्पन्न भएको छ । अनुपम म्युजिक पोखरा, त्रिवेणी सङ्गीतालय र जे. ई. म्युजिक एकेडेमीको संयुक्त अयोजनामा सम्पन्न यात्रामा स्थापित र नवोदित प्रतिभाहरुले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

आयोजक त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि शिक्षासेवी शेरबहादुर गुरुङले नेपाली सङ्गीतका क्षेत्रमा सुगम सङ्गीत यात्राले नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्गीतका माध्यमबाट राष्ट्रको सर्वाङ्गीण विकास सुगम सङ्गीत यात्राका आयोजक संस्थाहरुले पहिलेदेखि नै महत्त्वपूर्ण भूमिका खेलेका स्मरण गर्दै गुरुङले भविष्यका कर्णधारहरुलाई पनि यसले धेरै कुरा सिकाउने बताउनुभयो । कार्यक्रममा  समाजसेवी प्रेम कर्माचार्यले सुगम सङ्गीत यात्रा एक शुभ यात्रा भएकाले आफूले सक्दो सहयोग गर्ने वचन दिनुभयो ।
कार्यक्रममा रामभक्त जोजिजू, उमा चौधरी, शङ्करमान परियार, बलराम गिरी, अमिषा ढुङ्गाना, प्रज्ज्वल जोजिजू, सुनिल बराल, बिक्की गुरुङ, मनिष भट्ट, समीर गैरे, हिरा गुरुङ, आरती सापकोटालगायतले गायन प्रस्तुत गर्नुभएको थियो ।

अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको सञ्चालन र जे. ई म्युजिकका प्रबन्ध निर्देशक रामभक्त जोजिजूको स्वागतमा भएको कार्यव्रmममा रुपिन्द्र प्रभावीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो कार्यव्रmममा सुगम सङ्गीत यात्राले तिहारमा सम्पन्न गरेको देउसी÷भैलो कार्यव्रmममा सहभागीहरुका लागि वनभोज कार्यव्रmमको पनि आयोजना गरिएको थियो ।

नयाँ प्रतिभालाई मञ्च प्रदान गर्ने र पुराना स्रष्टालाई सम्मान गर्दै नेपाली गीत सङ्गीतको संरक्षण, सम्बद्र्धन र विकास गर्नेलगायतका उद्देश्यसहित हरेक महिनाको पहिलो शनिबार कार्यक्रम हुँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button