युवाको भुमिका विषयमा अन्तरक्रिया हुने

पोखरा, ६ मङ्सिर-

देशको समस्या समाधानका लागि युवाको भुमिका विषयक पोखरामा अन्तरक्रीया कार्यक्रम आयोजना गरिने भएको छ । पोखराका सक्रिय तथा राष्ट्रप्रेमी युवाहरुले उक्त कार्यक्रमको आयोजना गर्न लागेका हुन् । ९ गते वुधवार साइमन पार्टी प्यालेसमा आयोजना गरिन लागिएको कार्यक्रममा उपस्थितीका लागि सम्पुर्ण राष्ट्रप्रेमी युवाहरुलाई आयोजक टिमले हार्दीक अनुरोध गरेको छ । कार्यक्रममा सहभागिहरुले समस्या समाधानका लागि युवाहरुले के गर्न सक्छन् भन्ने विषयमा समेत व्यापक छलफल गरी निर्णय गर्ने छन् ।

हरेक क्षेत्र, तह र तप्काका युवाहरुलाई कार्यक्रममा सहभागी हुनका लागी कार्यक्रमका सदस्य माधव पहारीले आह्वान गरेका छन् । यतिवेला पनी युवाहरु चुपचाप वस्न नहुने कुरामा विरौटा क्लवका अध्यक्ष सुर्य बरालले बताए । सम्पुर्ण युवाहरु एकजुट भएर सरकारलाई दभाव दिनुपर्ने वेला आएको पत्रकार सुष्मा पौडेलले बताइन् ।

त्यस्तै सम्पुर्ण युवाहरु एकजुट भएर अन्तरक्रिया कार्यक्रमलाई सफल वनाउनुपर्नेमा डेवीजफल्स टोल विकास संस्थाका अध्यक्ष दिपेन्द्र पौडेलले जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button