हरीबोधनी एकादशी धुमधामका साथ मनाईयो

पोखरा ६, मंसिर-
पोखरा क्षेत्रमा पनि आईतबार हरिवोधनी एकादशी अर्थात ठुलीएकादशी पर्व हर्स उल्लाहासका साथ मनाईएको छ । पोखराको रामघाट क्षेत्र सहित बिष्णुको मन्दीरहरुमा बिष्णुका भक्तहरुले पुजाआज गरी भजनकृतनका साथमा फुल तार्दै हरिबोधनीएकादशी पर्व हर्स उल्लाहसका साथ मनाएका हुन ।
पोखराको रामघाट क्षेत्रमा आईतबार हरिवोधरी (ठुली) एकादशी पर्व हर्सउल्लाहासका साथ मनाइएको छ । रामघाट धार्मिक क्षेत्र विकास समितिको आयोजनार सेती गंगा टोल विकास संस्थाको संयोजनमा  हरीबोधनी एकादशी मेला समेत आयोजना भएको छ ।
मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा आर्थिक संकलन समेत भएको मेलाका आर्थिक संयोजक भावना श्रेष्ठले बताईन । उनका अनुसार सो क्षेत्रमा ४लाख ८२ हजार खर्चेर हालै निमार्ण भएको तुल्सीघाट पार्कको समेत समुदघाटन भएको छ । सांसद तेजकुमारी पौडेलले उक्त पार्कको उद्घाटन गर्दै यस्ता चार्डपर्वको अवसरमा धार्मिक मठ मन्दीर तथा भौतिक संरचना गर्नुपर्नेमा जोड दिइन।कार्यक्रममा नेवाः मिसले श्रद्धालुभक्तजनहरुलाई निशुल्क पानी वितरण गरेको थियो । कास्की सहितका छिमेकी जिल्लाबाट समेत बिष्णुका भक्तहरुले फुल तार्ने भन्दै फुल सहित भजन कृतन गर्दै रामघाट तुल्सीघाटमा आएका थिए । मेलामा कन्दमुल सहित फलफुल तरकारी लक्त कपडाको समेत विक्रि वितरण भएको थियो|

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button