पोखरा ग्राण्ड, पोखरा रोयल सहकारी, सहित ११ संस्था सम्मानित

पोखरा, ७ मंसिर-

पोखरा ग्राण्ड प्रा.लि., पोखरा रोयल सहकारी संस्था लिमिटेड, चरक मेमोरियल हस्पिटल प्रा.लि. सहितका ११ वटा संस्था यस बर्ष उत्कृष्ट करदाताबाट सम्मानित भएका छन । गण्डकी तथा धौलागिरीका १० जिल्लाबाट यस बर्ष बढी कर दाखिला गर्ने, आय तथा अन्त शुल्क नियमित तिरेको, समयमै विवरण पेश गरेको, बाँकी तथा बेरुजु नरहेको करदातालाई चौथो राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले एक समारोहका विच सोमबार उक्त संस्थाहरुलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि क्षेत्रिय प्रशासक केदार बहादुर अधिकारी, कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत, आन्तरिक राजश्व कार्यालय पोखराका निमिक्त प्रमुख कर अधिकृत सुर्य सुर्खालीले विभिन्न संस्थालाई सम्मान गरेका हुन । पोखरा ग्राण्ड प्रा.लि. का कम्पनी सचिव चिरन्जिवी आचार्य, पोखरा रोयल सहकारी संस्था लिमिटेडका प्रवन्ध निर्देशक भीम बहादुर गुरुङ, चरक मेमोरियल हस्पिटल प्रा.लि.का संचालक डाक्टर बद्री पौडेललाई उक्त संस्थाको रुपमा प्रशम्सा पत्रको साथमा फुलमाला र दोसला ओढाएर सम्मान गरीएको हो । त्यसै गरी अन्य जिल्लाका उत्कृष्ट करदातालाई समेत सम्मान गरीएको छ । तनहूँबाट बाराहीआवासिय माध्यमिक बिद्यालय, स्याङजाबाट न्यू सिद्धार्थ आयल स्टोर्स, पर्वतबाट सुर्याेदय कन्स्ट्रक्सन कम्पनी, लमजुङबाट मेघासप्लायर्स, बागलुङबाट सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मुस्ताङबाट निलगिरी डिष्टिलरी उद्योग, म्याग्दीबाट मुक्तिनाथ ईन्टरप्राईजेज प्रा.लि. र सत्य साई हार्डवेयर एण्ड
सप्लायर्स सम्मानित भएका हुन ।

करको बारेमा जनतालाई सचेत गराउन उक्त दिवसको अवसरमा पोखरामा पनि सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना भएको हो । क्षेत्रिय प्रशासक केदार बहादुर अधिकारीले कुल ग्राहस्त उत्पादनमा धेरै बृद्धि गर्नु पर्ने बताए । ३ लाख ५० हजार करदाता भएकोले यो सङख्या उल्लेखनीय रुपमा बृद्धि नगरी सामाजिक सुरक्षामा सरकारले सेवा दिन नसक्ने दाबी गरे । सरकार, व्यावसायी र नागरीकमा कर सम्बन्धि जागरुक हुनु पर्ने उनको जोड थियो । निमिक्त प्रमुख कर अधिकृत सुर्खालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, वालीङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिवन विश्वकर्मा, स्याङजा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज सुवेदी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरी ओम शर्मा लगायतले सरकारले करको दायरा फराकिलो पार्नु पर्नेमा जोड दिए |

सम्मानित तीन संस्थाको प्रोफाईल

पोखरा ग्राण्डः

पोखरा पार्दीमा रहेको पोखरा ग्राण्ड प्रा.लि. सन २००७ मास्थापना भएको हो । पाँच तारे होटलको मान्यता प्राप्त गरेको उक्त होटलमा हाल सुईस रुम सहित १ सय ४० वटा रुमहरु रहेको एकाउन्ट्स म्यानेजर मनु नेपालीले बताए । १ सय ६४ रोपनीमा फैलिएको उक्त होटलमा हाल १ सय ६४ जना कर्मचारी रहेका छन । यस बर्ष करीब ४५ प्रतिशत जसो पर्यटकको अकुपेन्सी भएको उनले जनाए । उक्त होटलमा रहेको क्यासिनो विगत दुई बर्ष देखि संचालनमा आउन सकेको छैन ।

चरक मेमोरियल

पोखराको नयाँबजार पृथ्बीचोकमा रहेको चरक मेमोरियल हस्पिटल प्रा.लि. विगत साँढे दुई बर्षदेखि सेवा संचालन गर्दै आएको छ । हाल २५ शैया रहेको हस्पिटलमा डायलोसिस, सानो अप्रेसन मुत्र नली र मुत्र थैली एवं मृगौलामा दुरविनबाट हेरी अप्रेसन सेवा समेत संचालन हुदै आएको संचालक डा. बद्री पौडेलले बताए । १३ जना बिशेषज्ञ रहेको हस्पिटलमा १ सय ५० जना कर्मचारी रहेका छन । आम नागरीकलाई कर तिर्नुपर्छ भन्ने भावना जाग्रित हुनु पर्ने बताएका पौडेलले आफ्नो दाहित्व वोध गर्दा आफ्नो संस्था सम्मानित भएकोमा खुशी व्यक्त गरे ।

पोखरा रोयल सहकारीः

पोखराको बुद्धचोकमा रहेको पोखरा रोयल सहकारी संस्था लिमिटेडले कास्की क्षेत्रकै सवै भन्दा बढी सहकारीको क्षेत्रबाट कारोवार गर्ने गरेको छ । उक्त संस्थाको कार्तिक मसान्तर सम्म शेयर पुंजी १० करोड ३ लाख, कुल कारोवार १ अर्व १ करोड भएको संस्थाका प्रवन्ध निर्देशक भीम बहादुर गुरुङले बताए । संस्थाको निक्षेप ७८ करोड ४५ लाख, कर्जा लगानी ८३ करोड ४३ लाख, सञ्चालन बचत भने १ करोड एक लाख रहेको गुरुङले बताए । कास्की, स्याङजा, तनहुँ र लमजुङबाट सेवा दिदै आएको संस्थाले महेँन्द्रपुल र लेखनाथबाट सेवा दिदै आएको हो । संस्थाले यस अघि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीबाट तीन पटक उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गर्न सफल भएको छ भने अन्य
संस्थाबाट समेत सम्मानित भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button