पोखरामा एक्लौटी ढंगले यात्रु वाहक बसमा भाडा बृद्धी

पोखरा, ९ मंसिर-

पोखरामा यातयात व्यावसायीहरुले एक्लौटी ढंगले यात्रु वाहक बसमा विगत ५ दिन देखि भाडा बृद्धी गर्दा यात्रुहरु ठगिदै आएका छन । हरेक दिन हजारौ यात्रुहरु ठगिदा कास्की प्रशासन भने मौन रहेकोे छ ।

केहि दिन अघि देखि पृथ्बीराजमार्ग बस संचालक समिति सहितका पोखरा वेस बनाएर संचालनमा आएका यात्रु वाहक बसहरुले ३० प्रतिशत भाडा बृद्धि गरेको आम संचार माध्यमहरुमा जानकारी गराउदै आउदा पनि कास्की प्रशासनले हालसम्म खासै प्रभावकारी ढंगले काम गर्न नसक्दा यातयात व्यावसायी र यात्रुहरु बिचको दन्ध चली रहेको छ भने हजारौं यात्रु दैनिक ठगिदै आएको यात्रुहरुले गुनासो गरेका छन । केहि यात्रु वाहक बसहरुले समितिले बृद्धि गरेको भाडा लिने गरेका छन भने केहि यात्रु वाहक बसहरुले अझै पनि दोब्बर सम्म भाडा लिने गरेका छन ।

भाडा दर बृद्धि गर्ने निकाय भने यातयात व्याबस्था विभाग रहेको छ । देशको विषम परिस्थितीमा कुनै पनि सवारी साधनहरुले सरकारले तोेकेको भन्दा बढी भाडा लिन नमिल्ने कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले बताए । देश संकटा परेको अवस्थामा राज्यलाई सहयोग गर्नु पर्ने अवस्थामा झन जनताको ढाँड सेक्ने गरी भाडा बृद्धि गर्नु उचित नभएको उनको भनाई छ । गण्डकी धौलागिरी यातयात व्यावस्था कार्यालय पोखराका प्रमुख भरत पौडेलले नेपाल सरकारले तोकेको भाडा भन्दा कसैले बढी लिएको खण्डमा जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालय र यातयात कार्यालयमा जानकारी गराएको खण्डमा उनीहरु उपर कार्रवाही गर्ने बताए । यातयात व्यावसायीहरु आफुहरुको सम्पर्कमा पनि नआई कन एक्लौटी ढंगले भाडा बृद्धि गर्नु अवैध भएको उनको दाबी छ । गृह मन्त्रालय तथा यातयात व्याबस्था विभागमा समेत आफुहरुले पोखरा क्षेत्रमा भाडा बृद्धि भएको खबर जानकारी गराएको उनले जनाए ।

पोखराबाट चल्ने सार्वजनीक भाडाका यात्रु वाहक बसमा गत शनिबार देखि ३० प्रतिशत भाडादर बृद्धि गराएका छन । सरकारले कोटा प्रणालीबाट पेट्रोलिय पदार्थ उपलब्ध गराउन नसके पछि सार्वजनीक यात्रु वाहक बसहरुमा ३० प्रतिशतले भाडादर बृद्धि गरेको गण्डकी धौलागिरी सार्वजनीक यातयात समन्वय समितिका बरिष्ठ उपाध्यक्ष एवं पृथ्बीराजमार्ग बस संचालक समितिका अध्यक्ष एन कुमार साईले बताए । यातयात व्याबस्था विभाग र प्रशासनले सार्वजनीक भाडाका सवारी साधनहरुलाई सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन कुनै चासो नदिएकोले आफुहरुले बाध्य भएर कालोबजारीको मिसावट युक्त महङगो शुल्कः तिरेर पेट्रोलिय पदार्थ प्रयोग गरेकोले ३० प्रतिशत भाडादर बृद्धि गरी यातयात सेवा संचालन गरेको उनले बताए । यसै विच पर्यटक बसमा पनि एक्लौटि ढंगले भाडा बृद्धि भएको छ । क्षेत्रिय नाट्टा संघ पोखराका अध्यक्ष पोमनारायण श्रेष्ठले आफुहरुले सहज रुपमा पेट्रोलिय पदार्थ उपलब्ध नभएका कारणले आफुहरुले महङगो शुल्क तिरेर पेट्रोलिय पदार्थ प्रयोग गरेको हुदा १० देखि १५ प्रतिशतसम्म पर्यटक बसमा भाडा बृद्धि गरेको बताए । हाल पर्यटकीय स्तरका करीब १० वटा बसहरु पोखराबाट काठाण्डौं संचालन हुदै आएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button