पोखरामा तत्काल ग्याँस नबाँडिने

पोखरा, ९ मंसीर-

“ग्याँस सकिएको एक महिना भयो, जेत तेन एक छाक टार्दै आएकी छु, बजारमा ग्याँस पाईन्छ की भन्ने आसामा विगत तीन दीन देखि सडकमै दिन रात बस्दै आएकी छु ।” यो भनाई पोखरा जरेवरमा ग्याँसको लाईनमा बसस्दै आएकी एक उपभोक्ता कमला वुढामगरको हो ।

देशका अधिकाश ठाँउमा खाना पकाउने ग्याँस अभाव भए पछि अधिकाशं शहर बजार क्षेत्रका जनताको दैनिकी नै ग्याँस र पेट्रोलिय पदार्थ पाउने आसमा सडकमै दिन रात लाईनमा बस्दै दिन विताउन थालेका छन । पाँच जनाको परिवारलाई दाउरा वालेर विहान वेलुका खान पकाउन आफुहरुलाई धेरै मुस्कील भएको उनले गुनासो गरीन । उनले भनीन “ग्याँस तत्काल नबाड्ने भए पनि केहि दिन ग्याँस वितरण भई रहेको छ त्यही ग्याँस पाउने आसामा घरको काम छाडेर दिनरात नभनी ग्याँस पाउने आसामा लाईनमा बसेकी हु ।” वुढामगरको जस्तो दुख हाल धेरै नेपालीहरुले पााएका छन । ग्याँस पाउने आसमा जनताहरु दिनरात नभनी सडकमै लाईनमा बस्न थालेका छन । भारतले नेपाल माथि नाकावन्दी गरेको कारण विगत दुई महिना देखि अत्यावसेक खाना पकाउने ग्याँस सहितका अन्य बस्तुहरु बजारमा अभाव भएको छ ।

पोखरा क्षेत्रमा गृह लक्ष्मीको दुई पटक, शक्तिको एक पटक, श्रीमाया, राजधानि लगायतका केहि ग्याँस वितरण भए पनि वैज्ञानिक ढंगले वितरण हुन नसक्दा आम उपभोक्ताहरुले ग्याँस पाउन नसकेको एक उपभोक्ता ओम विक्रम ओझाले गुनासो गरे । उनले भने “राज्यले ग्याँस वितरण प्रणालीमा बैज्ञानिक तवरले एक घर एक सिलिण्डर वितरण गर्न कुपन सिस्टम लागु गर्नु पर्दछ अनि सूचना सहि समयमा एकै साथ दिनु् पर्दछ । ” ग्याँसको विकल्पमा बजारमा भुसे चुल्हो संचालन गर्न भुस र चुल्हो अभाव भएकोछ भने भएका केहि ईलेक्ट्रीक सामान र दाउराको मुल्य पनि आकासिदा उपभोक्त निकै मागमा परेको ओझाले बताए ।

उपभोक्तहरु केहि दिन देखि डिपोहरुमा दिन रात नभनी लाईनमा बस्दै आए पछि कास्की प्रशासनले भने तत्काललाई कुनै पनि कम्पनीको ग्याँस वितरण हुने जनाएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णराज रेग्मीले कुनै पनि कम्पनीको ग्यास तत्काल बाँड्ने सम्भावना नभएको बताए । एचपी ग्यास उद्योगका बुलेट पनि भन्सारमै रोकिएकाले तत्काल वितरण नहुने एलपी ग्यास विक्रेता संघका केन्द्रीय उपाध्यक्ष बालकृष्ण कोइरालाले बताए ।

ग्यास विक्रेता संघका केन्द्रीय सदस्य तथा पोखराका ग्यास व्यवसायी अरुण श्रेष्ठले पनि पोखरामा तत्काल कुनैपनि कम्पनीका ग्यास वितरण गर्ने योजना नरहेको जनाए । प्रशासनको आधिकारीक सुचना नआएसम्म हल्लाका भरमा लाइनमा नबस्न कास्की प्रशासनले पे्रस विज्ञेप्ती जारी गरी आग्रह गरेको छ।

यसै विच केहि दिन अघि मात्र गृहलक्ष्मी ग्याँस कम्पनीले पोखरा क्षेत्रका केहि डिपोबाट ग्याँस वितरण गरे पनि पोखरा उपमहानगरपालीका ११ रानीपौवा स्थित अनुप स्टोरमा वितरणको लागि झारिएका ३५२ वटा ग्याँस सिलिण्डर पूरा विक्री नगरी लुकाएर राखेको अबस्थामा ५ थान ग्याँस सिलिण्डर सहित संचालक पवीत्रा थापालाई पक्राउ गरीएको कास्की प्रहरीले जनाएको छ ।

स्टोर्सका संचालक थापालाई कालोबजारी ऐन अन्र्तगत मुद्धा चलाउने तयारी भएको कास्कीका प्रहरी प्रमुख एलपी हरी बहादुर पालले बताए । उनले भने “हामीले सुचनाको आधारमा उक्त स्टोर्समा जिल्ला प्रशासनको टोली सहितको अनुगमन टोलीले छापा मार्दा उक्त ग्याँस लुकाएको अवस्थामा भेटाएका हौं, अन्य यसरी ग्याँस लुकाएको खबर आएको खण्डमा हामीले तुरुन्त अनुगमन गरी लुकाएको भेटाएमा उनीहरु उपर कार्रवाही अघि बढाउने छौं । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button