बृहत सद्भाव रयालीको तैयारी तिव्र

पोखरा, ११ मङ्सिर-

यही मंसीर १५ गते पोखरामा आयोजना गर्न लागीएको बृहत सद्भाव रयालीको तैयारी तिव्र रुपमा भैरहेको छ ।

सामाजिक जागरणका लागी नारी अभियानको आयोजना नगर महिला समन्वय समितिको संयोजन तथा विभिन्न संघसंस्थाको सहकार्यमा आयोजना हुन लागेकोे रयालीको तैयारी तिव्र रुपमा भैरहेको आज पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

पोखराको चिप्लेढुघावाट विहान ११ वजे सुरु हुने उक्त रयालिमा आध्यात्मिक , धार्मीक संघसंस्था, पेशागत संघसंस्था, अधिकारकर्मी, नागरीक समाज, संचारकर्मी, विद्यार्थी तथा आमा समुह तथा टोल विकास संस्था सवैको स्वतस्फुर्त रुपमा सहभागीता हुने अभियानका संयोजक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले वताइन् ।

उनले नेपालको संविधान–२०७२ जारि गरेलगत्तै संविधानप्रति असन्तुष्टि प्रकट गर्दै केही पक्षले तराईमा गर्दैआएको लगातारको आन्दोलन र सिमा नाका बन्द गर्नेजस्ता क्रियाकलापले देशमा अस्थिरता, अराजकता, असमान्जस्यता बढ्दै गइरहेको अवस्थामा सहज जिवनयापनका लागी दभाव स्वरुप रयाली आयोजना गर्न लागीएको भन्दै सहभागिताका लागी सवैलाई अनुरोध गरेकि थिन्।

उक्त रयाली भारतलाई असल छिमेकी राष्ट्रको कर्तव्य निर्वाह गरि अत्यावश्यक उपभोग्य बस्तुहरुको पारवहन वैकल्पिक मार्ग एवं उपाय अपनाएर भएपनि सहज गराई नेपालमा मानवीय संकट आउन नदिन सहयोग गर्न अनुरोध गर्दै पोखरामा बसोवास गर्ने मधेसी समुदायका नागरिक, भारतीय मुलका नागरिक साथै सबै वर्ग र समुदायका नागरिकहरुबीच कुनै पनि मनमुटाव र तनाव सृजना नहोस् भन्ने उद्देश्यले आयोजना गरीएको पौडेलले जानकारी दिएकी छिन् । साथै समाजिक जागरणका लागि नारी अभियान संस्थाको वारेमा समेत जानकारी गराएकी थिइन् ।

कार्यक्रममा रयाली सफल वनाउन  कार्यक्रम संयोजक नगर महीला समन्वय समितिका अध्यक्ष पवित्रा गरुङले यस्ता वेला महीलाहरु चुपचाप वस्न नहुने भन्दै सम्पुर्ण वडाका आमा समुह तथा महीला समन्वय समितिका सदस्यहरुलाई व्यानर सहीत उपस्थीत हुने अनुरोध गरिन् ।उनले अव नकारात्मकका साथ होइन सकारात्मकताका साथ दभाव दिन आवश्यक भएको भन्दै उक्त रयालीमा सहभागी हुन अनुरोध गरिन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button