हिमाल पारिको जिल्ला मुस्ताङ पनि पूर्ण खोप जिल्ला घोषणा

पोखरा, १३ मंसिर-
हिमाल पारिको मुस्ताङ जिल्ला पूर्ण खोप जिल्ला घोषणा भएको छ । घोषणासँगै मुस्ताङ देशकै बाह्रौं तथा हिमाल पारिको पहिलो पूर्ण खोप जिल्ला बन्न सफल भएको जन स्वास्थ्य कार्यालय मुस्ताङका खोप अधिकृत बद्री आचार्यले जानकारी दिए ।

जिल्ला विकास समिति मुस्ताङको आयोजनामा शनिबार सदरमुकाम जोमसोममा आयोजित एक कार्यक्रममा सांसद श्रीमाया थकालीले मुस्ताङलाई पूर्ण खोप जिल्ला घोषणा गरेकी हुन् । कार्यक्रममा बोल्दै उनले मुस्ताङ दुर्गम र हिमाली जिल्ला भएर पनि पूर्ण खोप जिल्ला बन्न सकेको भन्दै खुशी व्यक्त गर्नुका साथै यसलाई कायम राख्न चुनौतिपूर्ण रहेको बताईन् । उनले भनिन्,–‘मुस्ताङलाई पूर्ण खोप बनाईराख्न यसको घोषणामा जस/जसले सघाउनुभयो, तपाईं सबैले निरन्तरताका लागि पनि सघाई राख्नुपर्छ ।’

मुस्ताङका स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक केदारबहादुर अधिकारीले पनि बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button