पोखरामा ल्होछार म्युजिकल फेस्टिभल हुने

पोखरा, १३ मंसिर-

 आगामी माघ १६ गते पोखरामा ल्होछार म्युजिकल फेस्टिभल हुने भएको छ । शनिबार लेकसाईड स्थित बि.जि.बि. क्याफेमा बसेको बैदाम तामाङ्ग समाजको बैठकले विगतका वर्षहरुमा झैं ल्होछार सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको सो संस्थाले जनाएको छ । यसपटकको २८सय ५२ औं सोनाम ल्होछारको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु सहित सो कार्यक्रम आयोजना गरिने समाजका अध्यक्ष ज्याक तामाङ्गले बताएका छन् ।

तामाङ्गका अनुसार २०७२ साल माघ १६ गते शनिबारको दिन पोखरा सभागृह हलमा तेस्रो ल्होछार म्युजिकल फेस्टिभल गर्ने निर्णय गरेको भएको हो ।

आफ्नो संस्कृति नै आफ्नो मौलिक पहिचान भएको र यहि मौलिकताको संरक्षण गर्नको निम्ति सक्षम र नेतृत्वदायी युवा पुस्ताको खाँचो रहेको भन्दै सो कार्यक्रम गर्न लागिएको उनले बताए । कार्यक्रममा ल्होछार सम्बन्धि विभिन्न सांस्कृतिक कार्यक्रमहरुका साथै चर्चित कलाकारहरु चन्द्रकुमार दोङ र ईन्दिरा जोशी लगायतकोे प्रस्तुतिको साथमा व्यक्तित्व विकास, ज्ञान, बौद्धिकवृद्धि र नेतृत्व शक्तिलाई बलियो बनाई सक्षम तामाङ्ग समाज बनाउने उद्देश्य राखिएको बताइएको छ । सो संस्थाले डान्स इन्डिया डान्सका उपविजेता निर्मल तामाङ्गको उपस्थितिमा विभिन्न विज्ञ प्रशिक्षकहरुद्वारा दिइएकोे एक महिने तालिमका सहभागीलाई प्रशिक्षण दिने तथा मीस तामाङ्ग पोखरा पनि गर्न लागेको समाजका अध्यक्ष तामाङ्गले बताए । सो सांगीतिक कार्यक्रममा संकलन भएको रकम लेकसाइड स्थित निमाणधिन तामाङ शान्ति गुम्बामा खर्च गरिने आयोजक संस्थाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button